इन्स्पेक्टर यादवलाई उत्कृष्ट प्रहरीको पुरस्कार

3 वर्ष पहिले प्रकाशित

(2080-07-28 B.S.)

7945 पटक देखिएको

ममता शर्मा

महोत्तरी , कार्तिक २८ गते

महोत्तरीमा इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक मनोज कुमार यादवले उत्कृष्ट प्रहरीको पुरस्कार प्राप्त गरेका छन् ।

यादवले यस वर्षको कार्तिक महिनाको उत्कृष्ट प्रहरीको पुरस्कार प्राप्त गरेका छन् । यादवले व्यवसायिक ,लगनशील र उच्च मनोबलका साथ आफ्नो कर्तव्यको पालना गर्दै आउनुको साथै भन्सार चोरी निकासी पैठारी नियन्त्रण , समुदायलाई सुरक्षित राख्न प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी वहन गरेका हुनाले जिल्ला प्रहरी कार्यालय महोत्तरीले उनलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरीको पुरस्कार प्रदान गरेको हो ।

गौशालामा आम नागरिकको सुरक्षाका निम्ति यादवले आफु यहाँ आएदेखि अहोरात्र खटेका हुन् । गौशालामा गत असोज ७ गते गौशाला नगरपालिका वडा न.११ भरतपुर निवासी करिब ६५ वर्षीय शम्भु महतो र उनकी श्रीमती सुरजकला देवी महतोको ६ लाख ३६ हजार पैशा गौशालाको बीच बजारमै लुटपाट भएको थियो । प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा खटेको टोलीले सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न. ७ को सिमानामा रकम लुटेर फरार भएका रमेशलाई फेला पारि पक्राउ गरेको थियो । 

गौशालामा एउटा सानो सिसिटिभी क्यामेराको सहयोगले यादवले चोरको पत्ता लगाई आफ्नो जिम्मेवारी गम्भीरतापुर्वक वहन गरेका हुनाले उनलाई पुरस्कृत गरिएको हो ।  यादवले आफु जहाँ गएपनि यसरि नै लगनशीलताको जनताको सुरक्षाको लागि अहोरात्र मेहनत र कडा परिश्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यादव गौशाला सरुवा भएर आएको ७ महिना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले