इन्स्पेक्टर यादवलाई उत्कृष्ट प्रहरीको पुरस्कार
ममता शर्मा
महोत्तरी , कार्तिक २८ गते
महोत्तरीमा इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक मनोज कुमार यादवले उत्कृष्ट प्रहरीको पुरस्कार प्राप्त गरेका छन् ।
यादवले यस वर्षको कार्तिक महिनाको उत्कृष्ट प्रहरीको पुरस्कार प्राप्त गरेका छन् । यादवले व्यवसायिक ,लगनशील र उच्च मनोबलका साथ आफ्नो कर्तव्यको पालना गर्दै आउनुको साथै भन्सार चोरी निकासी पैठारी नियन्त्रण , समुदायलाई सुरक्षित राख्न प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी वहन गरेका हुनाले जिल्ला प्रहरी कार्यालय महोत्तरीले उनलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरीको पुरस्कार प्रदान गरेको हो ।
गौशालामा आम नागरिकको सुरक्षाका निम्ति यादवले आफु यहाँ आएदेखि अहोरात्र खटेका हुन् । गौशालामा गत असोज ७ गते गौशाला नगरपालिका वडा न.११ भरतपुर निवासी करिब ६५ वर्षीय शम्भु महतो र उनकी श्रीमती सुरजकला देवी महतोको ६ लाख ३६ हजार पैशा गौशालाको बीच बजारमै लुटपाट भएको थियो । प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा खटेको टोलीले सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न. ७ को सिमानामा रकम लुटेर फरार भएका रमेशलाई फेला पारि पक्राउ गरेको थियो ।
गौशालामा एउटा सानो सिसिटिभी क्यामेराको सहयोगले यादवले चोरको पत्ता लगाई आफ्नो जिम्मेवारी गम्भीरतापुर्वक वहन गरेका हुनाले उनलाई पुरस्कृत गरिएको हो । यादवले आफु जहाँ गएपनि यसरि नै लगनशीलताको जनताको सुरक्षाको लागि अहोरात्र मेहनत र कडा परिश्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यादव गौशाला सरुवा भएर आएको ७ महिना भएको छ ।


गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
5 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
18 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
कमेन्ट गर्नुहोस्
view comments