गौशालामा उपमेयरको गाडीमा आगजनी

3 वर्ष पहिले प्रकाशित

(2080-09-08 B.S.)

6251 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , पुष ८ गते

महोत्तरीको गौशाला नगरपालिकामा उपमेयरको गाडीमा आगजनी भएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुख रेनु कुमारी महतो चढ्ने प्रदेश–२–००२–०००१ झ ०००५ नम्बरको गाडीमा शनिवार राती अज्ञात समुहले आगजनी गरेका छन् । राती करिब साढे २ बजे तिर आगजनी भएको छिमेकी राजकिशोर महतोले जानकारी गराएपछी आगो नियन्त्रण गरिएको उपप्रमुख महतोले जानकारी दिईन । उनले भनिन् , "हिजो करिब साढे ४ बजे तिर जनकपुरमा रहेको मधेश महिलावादी संघको कार्यक्रमबाट फर्कीई आफ्नै घर अगाडी गाडी पार्किंग गरेर राखिएको थियो । अज्ञात व्यक्तिले आगजनी गरे । आगजनी भइसकेपछी छिमेकीले खबर गरेपछी हामीलाई जानकारी भएको थियो र आगो निभाईयो ।"

प्रहरीले घटनास्थलबाट पेट्रोलको गन्ध आएको बोतल बरामद गरेको छ । उपमेयरको घरमा पार्किङ गरेर राखेको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गाडी जलेको थाहा पाएसँगै घर परिवार र स्थानीयले आगो निभाएर प्रहरीलाई खबर गरेका हुन् । थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यस सम्बन्धमा नगर प्रमुख डा. दिपेन्द्र महतोले आगजनी जोकोहीले गरेपनि दोषीलाई कारवाहीको दयारामा ल्याइने बताए । उनले भने , "उपमेयरको गाडी चालक नारेन्द्र महतोलाई हामीले पहिला नै कार्यपालिकाबाट निर्णय गरेर निकाली सकेपनि उपमेयरले सोहि चालक राख्नुभएको छ । आज आइतबार कार्यपालिका बैठक बोलाइएको छ । बैठकको १ दिन अगाडी नगरपालिकाको सरकारी गाडीमा आगो लाग्नुमा एउटा सड्यन्त्र जस्तो शंका छ । यसलाई गहिरो तवरले अनुसन्धान गरिनेछ ।"   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..