गौशालामा उपमेयरको गाडीमा आगजनी

2 वर्ष पहिले प्रकाशित

(2080-09-08 B.S.)

6061 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , पुष ८ गते

महोत्तरीको गौशाला नगरपालिकामा उपमेयरको गाडीमा आगजनी भएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुख रेनु कुमारी महतो चढ्ने प्रदेश–२–००२–०००१ झ ०००५ नम्बरको गाडीमा शनिवार राती अज्ञात समुहले आगजनी गरेका छन् । राती करिब साढे २ बजे तिर आगजनी भएको छिमेकी राजकिशोर महतोले जानकारी गराएपछी आगो नियन्त्रण गरिएको उपप्रमुख महतोले जानकारी दिईन । उनले भनिन् , "हिजो करिब साढे ४ बजे तिर जनकपुरमा रहेको मधेश महिलावादी संघको कार्यक्रमबाट फर्कीई आफ्नै घर अगाडी गाडी पार्किंग गरेर राखिएको थियो । अज्ञात व्यक्तिले आगजनी गरे । आगजनी भइसकेपछी छिमेकीले खबर गरेपछी हामीलाई जानकारी भएको थियो र आगो निभाईयो ।"

प्रहरीले घटनास्थलबाट पेट्रोलको गन्ध आएको बोतल बरामद गरेको छ । उपमेयरको घरमा पार्किङ गरेर राखेको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गाडी जलेको थाहा पाएसँगै घर परिवार र स्थानीयले आगो निभाएर प्रहरीलाई खबर गरेका हुन् । थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यस सम्बन्धमा नगर प्रमुख डा. दिपेन्द्र महतोले आगजनी जोकोहीले गरेपनि दोषीलाई कारवाहीको दयारामा ल्याइने बताए । उनले भने , "उपमेयरको गाडी चालक नारेन्द्र महतोलाई हामीले पहिला नै कार्यपालिकाबाट निर्णय गरेर निकाली सकेपनि उपमेयरले सोहि चालक राख्नुभएको छ । आज आइतबार कार्यपालिका बैठक बोलाइएको छ । बैठकको १ दिन अगाडी नगरपालिकाको सरकारी गाडीमा आगो लाग्नुमा एउटा सड्यन्त्र जस्तो शंका छ । यसलाई गहिरो तवरले अनुसन्धान गरिनेछ ।"   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले