गौशालामा मधेश प्रदेशको पहिलो सरकारी इन्जिनियरिंग कलेजमा पठनपाठन हुने भयो सुरु
2 वर्ष पहिले प्रकाशित
(2080-10-09 B.S.)
2008 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , माघ ९ गते
महोत्तरीको गौशाला अन्तर्गत रहेको त्रिभुवन मा.वि. मा मधेश प्रदेशको पहिलो सरकारी इन्जिनियरिंग कलेज पूर्ण रुपमा संचालनमा आएको छ। राजर्षी जनक विश्व विद्यालयद्वारा गौशालामा संचालित इन्जिनियरिंग कलेजमा यहि माघ १४ गतेदेखि कक्षा संचालन हुन गईरहेको छ। त्यसको लागि मंगलबार विभिन्न सम्बन्धित व्यक्तित्वहरुले व्यवस्थापन सम्बन्धि छलफल गरेका छन् ।
कलेजको कक्षा संचालनको लागि ओरियन्टेसन गरि विद्यार्थी अभिभावक र राजर्षी जनक विश्व विद्यालयका उपकुलपति , सभासद, रजिस्ट्रार लगायतबीच छलफल भएको छ भने कक्षा संचालनको लागि कार्यविधि , विद्यार्थीको अनुशासन सम्बन्धि कार्यविधि , पठनपाठनको कार्यविधि भ्युजवल माध्यमबाट प्रस्तुत गरिएको छ ।
छलफलमा मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव , महोत्तरी क्षेत्र न. १ का सांसद लक्ष्मी महतो , प्रदेश सांसद भरत प्रसाद साह , राजर्षी जनक विश्व विद्यालयका उपकुलपति प्रोफेसर डाक्टर अमर प्रसाद यादव , राजर्षी जनक विश्व विद्यालयका प्रशासन प्रमुख भोगेन्द्र झा , सभासद तथा माओवादी पार्टीका केन्द्रीय सदस्य प्रकाश पोखरेल ,रजिस्ट्रार सत्यनारायण साह , पुर्व राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल ,गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र कुमार महतो , गौशाला इन्जिनियरिंग क्याम्पस प्रमुख रामदयाल यादव , गौशाला बहुमुखी क्याम्पसका प्रमुख दुर्गा प्रसाद सिंह लगायत विभिन्न समाजसेवी , वुद्धिजीवी , अभिभावक ,शिक्षकवर्गहरुको सभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै क्याम्पस प्रमुख रामदयाल यादवले मधेशको शिक्षा गुणस्तरीहिन भएकोले मधेश प्रदेशमा कुनै पनि विद्यार्थीले पढ्न नरुचाएको जिकिर गरे । त्यसलाई सुधार्नको लागि नै गौशालामा यो इन्जिनियरिंग क्याम्पस संचालनमा आएको र मधेश प्रदेशको शिक्षा उत्कृष्ट बनाउन यसको अहम भूमिका रहने उनले बताए । साथै उनले क्याम्पसको व्यवस्थापन लगायत कुनै पनि पक्षमा कुनै पनि किसिमको कमीकमजोरी नहुने दावी समेत गरे ।

राजर्षी जनक विश्व विद्यालयको प्रशासनका प्रमुख भोगेन्द्र झाले यस क्याम्पसलाइ सबैले सहयोग गरेमा मात्र यो सफलतापुर्वक अगाडी बढ्ने बताए । यहाँको स्थानीय सरकारले क्याम्पसको लागि जग्गा व्यवस्थापन गरिदिएमा क्याम्पसमा अन्य संकायको अध्ययन सुचारु गरिने उनले बताए ।
राजर्षी जनक विश्व विद्यालयका सभासद तथा माओवादी पार्टीका केन्द्रीय सदस्य प्रकाश पोखरेलले गौशालामा इन्जिनियरिंग क्याम्पस संचालनको लागि आफु र पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले करिब ४ वर्षदेखि सोचेको सपना साकार भएको बताए । क्याम्पस संचालनको लागि १ विधा १७ कठ्ठा जग्गा उपलब्ध गराइएको भएपनि अझै जग्गाको आवश्यकता रहेकोले त्यसको लागि पनि छिटै व्यवस्थापन गरिने उनले बताए । १ वर्षभित्रमा क्याम्पस आफ्नै भवनमा संचालन हुने छ भने यस क्याम्पसमा रेल्वे इन्जिनियरिंग पनि पठनपाठन हुने जानकारी दिए । यस क्याम्पसलाई व्यवस्थित रुपमा संचालन गर्नको लागि स्थानीय सरकारले विद्यार्थीहरुको लागि पढ्ने वातावरण सिर्जना गर्न आवश्यक बताउदै उनले गौशालामा धार्मिक स्थलहरु पनि रहेकोले यहाँ विहानै देखि सुनिने आवाजले गर्दा पठनपाठनमा समस्या हुन सक्ने भएकोले त्यसलाई नियन्त्रण गर्नको लागि स्थानीय सरकारसँग अनुरोध गरेका छन् ।

त्यस्तै गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतोले गौशाला नगरपालिकाले कम लगानीमै शिक्षा क्षेत्रमा राम्रो विकास गरेकोप्रति खुसि व्यक्त गरेका छन् । साथै उनले गौशाला बहुमुखी क्याम्पसमा पनि राम्रो पठनपाठन हुने गरेको उनले बताए । उनले इन्जिनियरिंग क्याम्पसको लागि पालिकाले हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त पनि गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश सांसद भरत प्रसाद साहले लामो समयपछी एउटा सपना पुरा भएको बताए । ‘तिन तहको सरकारमा गौशाला नगरपालिकामा स्थानीय सरकार जसपाबाट निर्वाचित भएको छ संघीय सांसद नेकपा एमालेबाट भएको छ भने म सांसद माओवादी पार्टीबाट भएको छु’ भन्दै उनले पार्टी जुनसुकै भएपनि उद्देश्य र लक्ष्य भने एउटै रहेको बताए । विद्यार्थीहरुलाई अभिभावकहरुले पढ्ने वातावरण बनाइदिनुपर्ने र त्यसको लागि छिटै सर्वदलीय वैठक बस्ने उनले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले आफुले शिक्षालाई प्राथमिकमा राखेको र त्यसको लागि सदैव लागिरहने बताए । उनले क्याम्पस संचालन भएपछी विद्यार्थीहरु टाढा वा अन्यत्र पढ्न जाने बाध्यताबाट बन्चित हुने बताए । साथै गौशालामा इन्जिनियरिंग क्याम्पस संचालन हुनु समग्र मधेश प्रदेशकै लागि गर्वको कुरा रहेको बताए ।

त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षा सुधारको लागि शिक्षकहरुको भात्रृ संगठन खारेज गर्नुपर्ने बताए । शिक्षकहरुले अध्यापन कम र राजनीति बढी गरेकोले मधेश प्रदेशको शिक्षा कमजोर भएको र एउटा पनि जिल्ला साक्षर हुन नसकेको उनको भनाइ छ । राजर्षी जनक विश्व विद्यालयको कार्यालयको लागि र इन्जिनियरिंग क्याम्पसको लागि जग्गा व्यवस्थापनको लागि प्रदेशमा बजेट विनियोजन गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।

मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..
रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..
17 घन्टा पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
18 घन्टा पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
2 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
3 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
5 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
5 दिन पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
18 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
1 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
1 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
1 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 महीना पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपाल..
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्..
कमेन्ट गर्नुहोस्
view comments