गौशालामा मधेश प्रदेशको पहिलो सरकारी इन्जिनियरिंग कलेजमा पठनपाठन हुने भयो सुरु  

2 वर्ष पहिले प्रकाशित

(2080-10-09 B.S.)

1960 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , माघ ९ गते

महोत्तरीको गौशाला अन्तर्गत रहेको त्रिभुवन मा.वि. मा मधेश प्रदेशको पहिलो सरकारी  इन्जिनियरिंग कलेज पूर्ण रुपमा संचालनमा आएको छ।  राजर्षी जनक विश्व विद्यालयद्वारा गौशालामा संचालित इन्जिनियरिंग कलेजमा यहि माघ १४ गतेदेखि कक्षा संचालन हुन गईरहेको छ। त्यसको लागि मंगलबार विभिन्न सम्बन्धित व्यक्तित्वहरुले व्यवस्थापन सम्बन्धि छलफल गरेका छन् ।

कलेजको कक्षा संचालनको लागि ओरियन्टेसन गरि विद्यार्थी अभिभावक र राजर्षी जनक विश्व विद्यालयका उपकुलपति , सभासद, रजिस्ट्रार लगायतबीच छलफल भएको छ भने  कक्षा संचालनको लागि कार्यविधि , विद्यार्थीको अनुशासन सम्बन्धि कार्यविधि , पठनपाठनको कार्यविधि भ्युजवल माध्यमबाट प्रस्तुत गरिएको छ ।  

छलफलमा मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव , महोत्तरी क्षेत्र न. १ का सांसद लक्ष्मी महतो , प्रदेश सांसद भरत प्रसाद साह , राजर्षी जनक विश्व विद्यालयका उपकुलपति प्रोफेसर डाक्टर अमर प्रसाद यादव , राजर्षी जनक विश्व विद्यालयका प्रशासन प्रमुख भोगेन्द्र झा , सभासद तथा माओवादी पार्टीका केन्द्रीय सदस्य प्रकाश पोखरेल ,रजिस्ट्रार सत्यनारायण साह , पुर्व राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल ,गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र कुमार महतो , गौशाला इन्जिनियरिंग क्याम्पस प्रमुख रामदयाल यादव , गौशाला बहुमुखी क्याम्पसका प्रमुख दुर्गा प्रसाद सिंह लगायत विभिन्न समाजसेवी , वुद्धिजीवी , अभिभावक ,शिक्षकवर्गहरुको सभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै क्याम्पस प्रमुख रामदयाल यादवले मधेशको शिक्षा गुणस्तरीहिन भएकोले मधेश प्रदेशमा कुनै पनि विद्यार्थीले पढ्न नरुचाएको जिकिर गरे । त्यसलाई सुधार्नको लागि नै गौशालामा यो इन्जिनियरिंग क्याम्पस संचालनमा आएको र मधेश प्रदेशको शिक्षा उत्कृष्ट बनाउन यसको अहम भूमिका रहने उनले बताए । साथै उनले क्याम्पसको व्यवस्थापन लगायत कुनै पनि पक्षमा कुनै पनि किसिमको कमीकमजोरी नहुने दावी समेत गरे ।

राजर्षी जनक विश्व विद्यालयको प्रशासनका प्रमुख भोगेन्द्र झाले यस क्याम्पसलाइ सबैले सहयोग गरेमा मात्र यो सफलतापुर्वक अगाडी बढ्ने बताए । यहाँको स्थानीय सरकारले क्याम्पसको लागि जग्गा व्यवस्थापन गरिदिएमा क्याम्पसमा अन्य संकायको अध्ययन सुचारु गरिने उनले बताए  ।

राजर्षी जनक विश्व विद्यालयका सभासद तथा माओवादी पार्टीका केन्द्रीय सदस्य प्रकाश पोखरेलले गौशालामा इन्जिनियरिंग क्याम्पस संचालनको लागि आफु र पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले करिब ४ वर्षदेखि सोचेको सपना साकार भएको बताए । क्याम्पस संचालनको लागि १ विधा १७ कठ्ठा जग्गा उपलब्ध गराइएको भएपनि अझै जग्गाको आवश्यकता रहेकोले त्यसको लागि पनि छिटै व्यवस्थापन गरिने उनले बताए । १ वर्षभित्रमा क्याम्पस आफ्नै भवनमा संचालन हुने छ भने यस क्याम्पसमा रेल्वे इन्जिनियरिंग पनि पठनपाठन हुने जानकारी दिए । यस क्याम्पसलाई व्यवस्थित रुपमा संचालन गर्नको लागि स्थानीय सरकारले विद्यार्थीहरुको लागि पढ्ने वातावरण सिर्जना गर्न आवश्यक बताउदै उनले गौशालामा धार्मिक स्थलहरु पनि रहेकोले यहाँ विहानै देखि सुनिने आवाजले गर्दा पठनपाठनमा समस्या हुन सक्ने भएकोले त्यसलाई नियन्त्रण गर्नको लागि स्थानीय सरकारसँग अनुरोध गरेका छन् ।

त्यस्तै गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतोले गौशाला नगरपालिकाले कम लगानीमै शिक्षा क्षेत्रमा राम्रो विकास गरेकोप्रति खुसि व्यक्त गरेका छन् । साथै उनले गौशाला बहुमुखी क्याम्पसमा  पनि राम्रो पठनपाठन हुने गरेको उनले बताए । उनले इन्जिनियरिंग क्याम्पसको लागि पालिकाले हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त पनि गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेश सांसद भरत प्रसाद साहले लामो समयपछी एउटा सपना पुरा भएको बताए । ‘तिन तहको सरकारमा गौशाला नगरपालिकामा स्थानीय सरकार जसपाबाट निर्वाचित भएको छ संघीय सांसद नेकपा एमालेबाट भएको छ भने म सांसद माओवादी पार्टीबाट भएको छु’ भन्दै उनले पार्टी जुनसुकै भएपनि उद्देश्य र लक्ष्य भने एउटै रहेको बताए । विद्यार्थीहरुलाई अभिभावकहरुले पढ्ने वातावरण बनाइदिनुपर्ने र त्यसको लागि छिटै सर्वदलीय वैठक बस्ने उनले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले आफुले शिक्षालाई प्राथमिकमा राखेको र त्यसको लागि सदैव लागिरहने बताए । उनले क्याम्पस संचालन भएपछी विद्यार्थीहरु टाढा वा अन्यत्र पढ्न जाने बाध्यताबाट बन्चित हुने बताए । साथै गौशालामा इन्जिनियरिंग क्याम्पस संचालन हुनु समग्र मधेश प्रदेशकै लागि  गर्वको कुरा रहेको बताए ।

त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षा सुधारको लागि शिक्षकहरुको भात्रृ संगठन खारेज गर्नुपर्ने बताए । शिक्षकहरुले अध्यापन कम र राजनीति बढी गरेकोले मधेश प्रदेशको शिक्षा कमजोर भएको र एउटा पनि जिल्ला साक्षर हुन नसकेको उनको भनाइ छ । राजर्षी जनक विश्व विद्यालयको कार्यालयको लागि र इन्जिनियरिंग क्याम्पसको लागि जग्गा व्यवस्थापनको लागि प्रदेशमा बजेट विनियोजन गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

8 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

8 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

8 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

9 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

8 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

8 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

9 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

18 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..