गौशालामा चोरी गर्ने उदेश्यले त्रिभुवन मा.वि. मा तोडफोड
2 वर्ष पहिले प्रकाशित
(2080-11-08 B.S.)
1878 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन ८ गते
महोत्तरीको गौशालामा चोरी गर्ने उदेश्यले त्रिभुवन माध्यमिक विद्यालयमा तोडफोड भएको छ । गौशाला नगरपालिका वडा न. ५ स्थित रहेको सो विद्यालयमा सोमबार राति अज्ञात व्यक्तिहरुले तोडफोड गरेको विद्यालयको प्रधानाध्यापक विनोद कुमार महतोले जानकारी दिए ।
प्र.अ. महतोका अनुसार सोमबार राति अज्ञात व्यक्तिहरुले कम्युटर चोरी गर्ने उद्देश्यले प्राविधिक शाखाको झ्यालहरु तोडफोड गरेका छन् । ति व्यक्तिहरुले शाखाको प्यासेजमा आगो बालेर रक्सि र चुरोट समेत खाएको महतोले बताए । उनले भने , “करिव ४ ओटा झ्यालहरु र एक बासको सिढी पनि तोडफोड भएको छ । केहि समयदेखि केहि व्यक्तित्वहरु विद्यालयको कम्पाउण्ड भित्र जबर्जस्ती खेल्ने र उत्पात मच्चाउने जस्ता क्रियाकलाप गर्ने गरेका छन् । सम्झाउदा उल्टै धाकधम्मी दिने समेत गरेका छन ।
प्र. अ. महतोले विद्यालय सबैको सार्वजनिक सम्पत्ति भएकोले यसको संरक्षण सबैको दायित्व रहेको बताउदै विद्यालयभित्र यस्ता किसिममा क्रियाकलाप गर्नेहरुको विरुद्धमा इलाका प्रहरी कार्यालय गौशाला, गौशाला नगरपालिको कार्यालय र वडा कार्यालयमा पत्राचार समेत गरिएको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार महतोले विद्यालयको कम्पाउण्डमा कसैलाई प्रवेशको अनुमति नहुँदा पनि साझपखको समयमा स्थानीय युवाहरुले जबर्जस्ती प्रवेश गर्ने गरेको बताए । विद्यालयले त्यसलाई रोक्ने प्रयास गर्दा विद्यालय वरपरका सम्पूर्ण स्थानीय वासिन्दाले विरोध गर्ने गरेको उनको भनाई छ । साथै उनले यसको नियन्त्रणको लागि सर्वदलीय बैठक चाडै नै बस्ने जानकारी समेत दिए ।






गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
7 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
12 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
15 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
18 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
20 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
7 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
18 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
20 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
22 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
26 दिन पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
26 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन..
कमेन्ट गर्नुहोस्
view comments