महोत्तरीमा सरकारी वा सार्वजनिक जग्गा खाली गराउन निर्देशन

3 वर्ष पहिले प्रकाशित

(2080-12-05 B.S.)

4098 पटक देखिएको

निरन्जन कुमार साह 

महोतरी , फाल्गुण १४ गते

जिल्ला प्रशासन कार्यालय महोत्तरीले सरकारी वा सार्वजानिक जग्गा खाली गर्न सम्पुर्व जिल्लावासीलाइ निर्देशन दिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा भोगचलन गरिरहेको भएमा खाली गर्न निर्देशन दिएको हो ।

सार्वजनिक जग्गा निजि रुपमा कायम गरि दुरुपयोग गर्ने गराउने , विक्री वितरण गर्ने गराउने , धितो बन्धक  राख्ने गरेको  गराएको जानकारी भएमा कानुन बमोजिम कारवाही गरिने सूचना उल्लेख गरिएको छ । कार्यालयले १० दिन भित्रमा निजि स्वामित्वको लागि प्रयोग गरेको वा गराएको सार्वजनिक जग्गा खाली गराउने बारेमा निवेदन परिपत्र गरेको छ ।

जिल्लाभरि  निजि हकमा दर्ता रही भोग चलनमा रहेको बाहेक सरकारी वा सार्वजानिक जग्गा अतिक्रमण गरि भोग चलन गरेको अथवा आफ्नो निजि उद्देश्यले अतिक्रमण गरि घर बनाएको खण्डमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले त्यस्तो जग्गा खाली गराउने निर्देशन दिएको हो ।

सार्वजानिक जग्गा आफ्नो स्वामित्वमा गरि आफ्नो निजि प्रयोजनको लागि प्रयोग गरेको व्यक्तिमाथि उजुरी आएमा अनुसन्धान गरि मालपोतबाट सहि प्रमाण प्रमाणित गरि खालि गराउने उद्देश्य रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख उपेन्द्र न्यौपाने जानकारी दिए । उनले जिल्लाभरि सार्वजानिक जग्गा ,ऐलानी, पर्ती ,मठ मन्दिरका जग्गा अतिक्रमण गरेको व्यक्तिमाथि १० दिनभित्र जिल्ला प्रशासन महोत्तरीको कार्यालयमा जानकारी गराउन जनसमुदाय तथा सम्बन्धित निकायलाइ अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले