गौशालामा पुर्व मन्त्री साहद्वारा ३ विपन्न आवास घरको शिलान्यास
2 वर्ष पहिले प्रकाशित
(2080-11-17 B.S.)
1068 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १७ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. १ मा तिन विपन्न घरपरिवारलाइ विपन्न आवास घर निर्माण हुने भएको छ । जसको बिहिबार पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साहले शिलान्यास गरेका छन् ।
मधेश प्रदेश अन्तर्गत महेन्द्र नारायण निधि विपन्न आवास योजनामा गौशाला नगरपालिका वडा न. १ मा तिन घर परिवारलाई प्रदान गरिएकोमा तिन ओटै घरको आज सांसद साहले शिलान्यास गरेका हुन् । गौशाला -१ इटाटारका सम्पतिया देवी सदा ,सोनाबती महरा ,मन्तोरिया पासमानलाई उक्त घर प्रदान गरिने भएको छ ।
घर बन्ने कुरामा खुसि व्यक्त गर्दै सम्पतिया देवी पासवानले गरिव , विपन्नहरुको लागि सरकारले सुविधा प्रदान गर्नुपर्ने र गरिवको सहारा नै सरकार रहेको बताइन् । उनले घर नहुँदा हुरी बतास , वर्षाले निकै समस्या हुने गरेको दुखासो पोख्दै अब घर बनेपछी त्यसबाट राहत हुने बताइन् । वडा अध्यक्ष नविन साहको पहलमा र पुर्व मन्त्री भरत साहको प्रयासले यो सम्भव भएको बताउदै त्यसको लागि धन्यवाद ज्ञापन गरेकी छिन ।
त्यस्तै सोनाबति महराले भनिन् , “मेरो घरपरिवारको धेरै बिजोग थियो । श्रीमान बितिसकेपछि यो संसारमा कोहि छैन जस्तो लाग्थ्यो । तर वडा अध्यक्ष र माननीय आज हाम्रो सहारा हुनुभयो । बल्ल घर बन्ने भएको छ । निकै खुसि महसुस भइरहेको छ।”
मनतोरिया पासमानले पनि घर नहुँदा अनेक दु:ख पिडा भोगेको साथै खुल्ला आकाशमा बस्ने गरेको बताउंदै घर बन्ने भएपछी संसार नै पाए सरह भएको बताए ।
त्यसैगरि सांसद भरत प्रसाद साहले राजनीतिक स्वार्थको लागि होइन जनताको लागि गर्नुपर्ने बताउंदै जनता खुसि छ भयो भने मात्र रराजनीतिक सफल र सहि हुने बताए । आफनै क्षेत्रको जनता दु:ख बुझ्न नसक्नु राजनीतिक केको लागि भन्ने आफैमाथि प्रश्न बन्ने बताए । उनले भने , “करिव सयभन्दा बढी विपन्न परिवारको घर शिलान्यास गरि हस्तान्तरण गरिसकेको छु ।जब कुनै व्यक्तिले मलाइ धन्यवाद र आशिर्वाद दिन्छ त्यतिखेर मेरो राजनीतिक यात्रा सफल भएको अनुभूति हुन्छ । विपन्न परिवारले घर पाउनुपर्छ त्यसमा मेरो प्रयास सधै रहिरहने छ ।”

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
4 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
8 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
9 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
17 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
कमेन्ट गर्नुहोस्
view comments