सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलालाई कारवाही गर्न नेता साहको माग

2 वर्ष पहिले प्रकाशित

(2080-11-30 B.S.)

903 पटक देखिएको

महोत्तरी , फाल्गुन ३० गते  

विवाहमा दाइजोमा सुनको सिक्री नदिएपछि विवाह नै नगर्ने वेहुलालाई कारवाही गर्न अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुर्यनारायण साहले माग गरेका छन् ।

गत सोमबार विरगंज महानगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत कम्पुटर अपरेटर उमेश साहले  दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नगर्ने निर्णय लिएपछि विवाह नै रद्द गरेका थिए ।

बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औंठी र हनुमानको माला पाइसकेपछि पनि मण्डपमा सुनको सिक्री नपाएको भन्दै  बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए ।

पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएको थियो ।  

तर, आर्थिक अभावका कारण दाइजोको सम्पूर्ण समान दिए तर सुनको सिक्री दिन नसक्दा बेहुलाले यस्तो गरेकोमा नेता साहले खेद प्रकट गर्दै दाइजो माग्ने बेहुलालाई कारवाहीको माग गरेका हुन् । दाइजो लिनु र दिनु दुवै कानुनि अपराध भएकोले बेहुला तथा बेहुला पक्षका व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै साहले दाइजो बेहुली पक्षबाट राजीखुसी आउने उपहार भएकोले जबर्जस्ती माग्ने र बाध्य गराउनु गलत रहेकोले यस्तो नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध समेत गरे ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..

रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..

1 दिन पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

2 दिन पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

2 दिन पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

3 दिन पहिले

मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..

6 दिन पहिले

गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास

निरन्जन कुमार साह  महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..

6 दिन पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

19 दिन पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

1 महीना पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

1 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

1 महीना पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

1 महीना पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..

जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..

महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..