सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलालाई कारवाही गर्न नेता साहको माग

2 वर्ष पहिले प्रकाशित

(2080-11-30 B.S.)

867 पटक देखिएको

महोत्तरी , फाल्गुन ३० गते  

विवाहमा दाइजोमा सुनको सिक्री नदिएपछि विवाह नै नगर्ने वेहुलालाई कारवाही गर्न अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुर्यनारायण साहले माग गरेका छन् ।

गत सोमबार विरगंज महानगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत कम्पुटर अपरेटर उमेश साहले  दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नगर्ने निर्णय लिएपछि विवाह नै रद्द गरेका थिए ।

बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औंठी र हनुमानको माला पाइसकेपछि पनि मण्डपमा सुनको सिक्री नपाएको भन्दै  बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए ।

पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएको थियो ।  

तर, आर्थिक अभावका कारण दाइजोको सम्पूर्ण समान दिए तर सुनको सिक्री दिन नसक्दा बेहुलाले यस्तो गरेकोमा नेता साहले खेद प्रकट गर्दै दाइजो माग्ने बेहुलालाई कारवाहीको माग गरेका हुन् । दाइजो लिनु र दिनु दुवै कानुनि अपराध भएकोले बेहुला तथा बेहुला पक्षका व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै साहले दाइजो बेहुली पक्षबाट राजीखुसी आउने उपहार भएकोले जबर्जस्ती माग्ने र बाध्य गराउनु गलत रहेकोले यस्तो नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध समेत गरे ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

8 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले