गौशाला बजारमा उप प्रमुखद्वारा अनुगमन

3 वर्ष पहिले प्रकाशित

(2080-12-05 B.S.)

1059 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , चैत्र ५ गते  

महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ स्थित रहेको गौशाला बजारमा उपप्रमुखले अनुगमन गर्नुभएको छ । सोमबार नगर उप प्रमुख रेणु कुमारी महतो लगायत इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको टोलीले बजारमा अनुगमन गरेका हुन्  ।

बजार अनुगमनको क्रममा गोरु बजार ,पाउरोटी उद्योग , मासु पसल , खाद्यान्न तथा किराना पसल लगायतका ठाउँमा अनुगमन गरिएको छ ।  गोरु बजारमा मुल्य सूची नभएको , रसिद प्रमाणित नभएको ,दर रेट उल्लेख नभएको र मासु पसलमा मुल्य सूची नभएको , साइन बोर्ड नभएको ,  सरसफाई अव्यवस्थित रहेको देखिएको छ । साथै किराना पसलमा म्याद गुज्रिएको समानहरु पनि देखिएका पछी व्यवसायीहरुलाई पहिलो पटकको लागि सुधार गर्ने मौका दिइएको छ ।

अनुगमनमा एन्जल ग्याँस ,रेजा चिकेन फ्रेस हाउस ,ज्योति पाउरोटी उद्योग लगायत करिब एक दर्जन किराना पसलमा समेत अनुगमन गरिएको गौशाला नगरपालिकाका प्रवक्ता रामप्रित महतो कोइरीले जानकारी दिनुभयो । उहाँले अव गौशाला बजारलाई व्यवस्थित र सरसफाईयुक्त बनाउनु पर्ने र व्यवसाय गर्नेहरुलाई सुरक्षा सहितको सेवा सुविधा नगरपालिकाले बताउनुभयो  ।

त्यस्तै नगर  उपप्रमुख रेणु कुमारी महतोले गौशाला बजार महोत्तरी जिल्लाको मुटु रहेकोले माग अनुसारको व्यवस्थित नभएकोले यहाँ व्यवस्थित विकास जरुरि रहेको जिकिर गर्नुभयो ।

गौशाला बजारका व्यापारीहरुले बजारमा नत ढल निकास छ नत सरसफाई नै छ भन्दै गौशाला बजारको कुनै पनि ठाउँ व्यवस्थित नभएको अनुगमन टोलीलाइ गुनासो गरेका छन् ।  

गोरु बजारका ठेकेदारले बजारमा खानेपानी र शौचालय व्यवस्था नहुँदा सर्वसाधारणलाई समस्या भएको जिकिर गर्दै खाली अनुगमान गरेर मात्र केहि नहुने भएको बताउंदै सम्बन्धित सरोकारवाला व्यक्तिको ध्यानाकर्षण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले