गौशालामा नव जीवन साना किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2080-12-10 B.S.)
1162 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , चैत्र १० गते
महोत्तरीको गौशालामा नव जीवन साना किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा न .६ फुलकाहा स्थित नव जीवन साना किसान कृषि सहकारी संस्थाको दोश्रो साधारण सभा सम्पन्न भएको हो ।
शनिबार सम्पन्न साधारण सभामा नेकपा (माओवादी केन्द्र ) का नेता तथा पुर्व गृह तथा संचार मन्त्री हाल मधेस प्रदेश सभा सदस्य भरत प्रसाद साह प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामरतन यादवले दिगो विकासका लागि बचत गर्ने बानी बसाल्नुपर्ने बिचार व्यक्त गर्नुभयो । उहाँले भन्नू भयो , " दैनिक बचत गर्ने बानी हामीले बसाल्नुपर्छ । यसले भावी समयमा कठिन परिस्थितिमा हामीलाई सहयोग गर्दछ । यसले परिवारको भविष्य सुनिश्चित गर्न टेवा पुर्याउछ ।"
साथै उहाँले समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।
प्रमुख अतिथी भरत प्रसाद साहले होली पर्वको शुभकामना दिदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले अर्थ क्षेत्र सहकारी संस्थाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले स्थानीय स्तरमा यस्तो सहकारी संचालन गरि जनसमुदायलाई सेवा प्रदान गरेकोले संचालकलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो , “यो सहकारी संस्थाको योजना र उद्देश्य दिगो छ । यसमा ढुक्कसंग बचत गरौँ । यसलाई अगाडी बढाउन सम्पूर्ण मिलेर लागौं ।” साथै उहाँले संस्थामा बिगतका समयमा भएका त्रुटी , कमीकमजोरीहरु बिर्सेर सबैले संस्थाको विकासको लागि संयुक्त रुपमा लगनशीलताका साथ कार्य गर्न सम्पूर्ण शेयरधनिहरुलाई आग्रह गर्नुभयो ।

सभामा पुर्व मन्त्री भरत प्रसाद साह , संस्थाका अध्यक्ष रामरतन यादव , अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साह , गौशाला - ६ का माओवादी केन्द्रका नेता चन्द्रप्रभा यादव लगायत विभिन्न बचतकर्ता , शेयरधनि ,जनसमुदायको उपस्थिति रहेको थियो ।


गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
6 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
11 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
14 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
17 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
19 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
6 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
17 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
19 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
21 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
25 दिन पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
25 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन..
कमेन्ट गर्नुहोस्
view comments