मन्त्री साहद्वारा गौशालामा संकटमोचन मन्दिरको शिलान्यास

2 वर्ष पहिले प्रकाशित

(2081-01-13 B.S.)

1035 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी , बैशाख १३ गते

महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रजखोरमा संकट मोचन मन्दिरको मधेश प्रदेशका मन्त्री भरत प्रसाद साहले शिलान्यास गरेका छन् । जनसमुदायको सहयोगमा बन्न लागेको मन्दिर बिहिवार मन्त्री साहले विधिवत शिलान्यास गरेका हुन् ।

मन्दिर निर्माणमा रजखोरका जनसमुदाय रात दिन सक्रिय भएर बनाउन लागेको हो । मन्दिर निर्माण गर्न सबै समुदायको सहयोग अनिवार्य भएको रजखोर निवासी राजकिशोर साहले बताए । उनले मन्दिर निर्माणमा करिव ६ महिना देखि लागि परेको र यसमा सम्पूर्ण व्यक्तित्वको सहयोग चाहिएको बताए । मन्दिर निर्माण गर्न करिव २५ लाख लागत लाग्ने अनुमान रहेको उनले बताए । यो ठुलो रकम भएकोले प्रदेश सरकारको पनि सहयोग चाहिएको उनको भनाई रहेको थियो ।

शिलान्यासमा मन्त्री साहले धार्मिक र सांस्कृतिक मौलिकता मन्दिर तथा मस्जिदको निर्माणले पुरा गर्ने विचार व्यक्त गरे । उनले भने , " मन्दिर र मस्जिदको निर्माण हाम्रो समाजको आवश्यकता हो । मठ मन्दिर बाट नै धार्मिक मानसिकता निर्माण हुने गर्छ । धार्मिकबाट हाम्रो समाजमा संस्कारको निर्माण पनि हुन्छ । त्यसैले मन्दिरको पनि निमार्ण अहिलेको युगमा जरुरि रहेको छ ।"

मन्त्री साहले मन्दिर निर्माणमा आवश्यक सहयोग रहने प्रतिबद्ध समेत व्यक्त गरे ।
मन्दिरको शिलान्यासमा मन्त्री, साह राजकिशोर साह ,रामदिनेश साह, श्याम लामा ,रिसिकेश साह लगायत रजखोर वासीको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

8 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले