सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री साहले गरे पद ग्रहण नगर्ने घोषणा

2 वर्ष पहिले प्रकाशित

(2081-01-16 B.S.)

1061 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , बैशाख १६ गते

नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागीय मन्त्री भरत प्रसाद साहले पद ग्रहण नगर्ने बताएका छन् । आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री मण्डल बिस्तार गरेका छन्  । पूर्व सहमतिको पालना नगरेको भन्दै माओवादीबाट विना विभागीय मन्त्री भएका भरत प्रसाद साहले वन मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री यादवले १५ सदस्यीय मन्त्री मण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा , माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन समेत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

माओवादी केन्द्र संगको पुर्व सहमति अनुसार मन्त्री मण्डल विस्तार नगरेको भन्दै विनाविभागीय मन्त्री भरत प्रसाद साहले मन्त्री पद ग्रहण नगर्ने निर्णय गरेको बताए । पुर्व सहमति अनुसार माओवादी केन्द्रलाई अर्थ मन्त्रालय दिने सहमति भएको भएपनि आइतवार मन्त्री मण्डल विस्तार गर्दा मुख्य मन्त्री यादवले साहलाई वन तथा वातावरण मन्त्रालय दिएपछी साहले सो पद अस्विकार भएको दावी गरेका छन् । उनले सहमति अनुसार मानेर जानुपर्ने थियो तर मुख्य मन्त्रीले मन्त्री मण्डल विस्तार गर्दा आफ्नो मनमानी र धाँधली गरेको आरोप लगाए ।   

नयाँ मन्त्रीहरूको जिम्मेवारीअनुसार सरोकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि सहकारी, सरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  राज्यमन्त्रीहरूमा अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले