मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घेराउ
2 वर्ष पहिले प्रकाशित
(2081-01-19 B.S.)
1540 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , बैशाख १९ गते
महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । बुधबार किसान मजदुर संघर्ष समितिले इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी निरीक्षक मनोज कुमार यादवको विरुद्धमा प्रदर्शन गर्दै प्रहरी कार्यालय घेराउ समेत गरेका हुन् ।
मिटरव्याज पिडितहरुले औरहीमा नगर संघर्ष समिति गठन गर्न राखेको कार्यक्रमलाई त्यहाँका मिटरव्याजी साहुहरूले बिथोलेको र त्यसमा प्रहरी निरीक्षक मनोज कुमार यादवले पिडितमाथि दमन गरेको भन्दै गौशाला बजारमा मिटरव्याज पिडितहरुले चर्को नाराबाजी सहित प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले निरीक्षक मनोज यादवलाई तत्काल कारवाही हुनुपर्ने माग गरेका थिए भने गौशाला बजारभरि प्रदर्शन गर्दै गौशाला इलाका प्रहरी कार्यालय अगाडी करिव एक घण्टा घेराउ गरेका थिए ।

मिटरव्याज तथा ठगि गर्नेहरुको बिरुद्ध किसान मजदुर संघर्ष समितिले वर्षोदेखि आन्दोलन गर्दै आइरहेको भएपनि न्याय नपाएको पिडितहरुको गुनासो छ । आज भएको प्रदर्शनमा उनीहरुले ‘ प्रहरी निरीक्षक मनोज कुमार यादवलाई कारवाही गर , मिटरव्याज पिडितलाई न्याय दे , कपाली तमसुक खारेज गर , साहुहरुलाई जेल चलान गर , लगायतका मागसहित नाराबाजी गरेका थिए ।
माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने समितिका धनुषा जिल्लाको अध्यक्ष राजाराम यादवले बताए उनले भने , “गरिवलाई रोडमा आउँन बाध्य साहुहरुले गरेको छ । सरकारले यस्ता साहुहरुलाई जबसम्म कारवाही गर्दैन तबसम्म हाम्रो आन्दोलन रोकिने छैन ।”
त्यस्तै एमाले पार्टीका नेता अजय कुशवाहाले जनताको र पिडितको सुरक्षाको लागि प्रहरी प्रसाशन भएको भएपनि प्रहरी निरीक्षक मनोज कुमार यादवले गौशालामा धाँधली गरि पिडितलाई कुटपिट गरेको भन्दै आक्रोश व्यक्त गरे । कुशवाहाले यादव घुसखोर र भ्रष्ट रहेको भन्दै आरोप समेत लगाए ।



गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
4 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
8 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
17 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments