मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घेराउ

2 वर्ष पहिले प्रकाशित

(2081-01-19 B.S.)

1671 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , बैशाख १९ गते  

महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय  घेराउ गरेका छन् । बुधबार किसान मजदुर संघर्ष समितिले इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी निरीक्षक मनोज कुमार यादवको विरुद्धमा प्रदर्शन गर्दै प्रहरी कार्यालय घेराउ समेत गरेका हुन् ।

मिटरव्याज पिडितहरुले औरहीमा नगर संघर्ष समिति गठन गर्न राखेको कार्यक्रमलाई त्यहाँका मिटरव्याजी साहुहरूले बिथोलेको र त्यसमा प्रहरी निरीक्षक मनोज कुमार यादवले पिडितमाथि दमन गरेको भन्दै गौशाला बजारमा मिटरव्याज पिडितहरुले चर्को नाराबाजी सहित प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले निरीक्षक मनोज यादवलाई तत्काल कारवाही हुनुपर्ने माग गरेका थिए भने गौशाला बजारभरि प्रदर्शन गर्दै गौशाला इलाका प्रहरी कार्यालय अगाडी करिव एक घण्टा घेराउ गरेका थिए ।

मिटरव्याज तथा ठगि गर्नेहरुको बिरुद्ध किसान मजदुर संघर्ष समितिले वर्षोदेखि आन्दोलन गर्दै आइरहेको भएपनि न्याय नपाएको पिडितहरुको गुनासो छ । आज भएको प्रदर्शनमा उनीहरुले ‘ प्रहरी निरीक्षक मनोज कुमार यादवलाई कारवाही गर , मिटरव्याज पिडितलाई न्याय दे ,  कपाली तमसुक खारेज गर , साहुहरुलाई जेल चलान गर , लगायतका मागसहित नाराबाजी गरेका थिए ।

माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने समितिका धनुषा जिल्लाको अध्यक्ष राजाराम यादवले बताए उनले भने , “गरिवलाई रोडमा आउँन बाध्य साहुहरुले गरेको छ । सरकारले यस्ता साहुहरुलाई जबसम्म कारवाही गर्दैन तबसम्म हाम्रो आन्दोलन रोकिने छैन ।”

त्यस्तै एमाले पार्टीका नेता अजय कुशवाहाले जनताको र पिडितको सुरक्षाको लागि प्रहरी प्रसाशन भएको भएपनि प्रहरी निरीक्षक मनोज कुमार यादवले गौशालामा धाँधली गरि पिडितलाई कुटपिट गरेको भन्दै आक्रोश व्यक्त गरे । कुशवाहाले यादव घुसखोर र भ्रष्ट रहेको भन्दै आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले