गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोरी

2 वर्ष पहिले प्रकाशित

(2081-02-04 B.S.)

2640 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , जेठ ४ गते

गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रूमबाट चोरी भएको छ ।

गौशालाको इलाका प्रहरी कार्यालयको १०० मिटरको दुरीमा शान्ति टोलमा कोठा भाडामा लिएर बस्दै आएका नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका लेखा प्रमुख सम्भु प्रसाद साहको रूमबाट लाखौको गरगहना चोरी भएको हो ।

लेखा प्रमुख शान्तिटोलमा रामछविलालको घरमा रूम भाडामा लिएर बस्दै आएका थिए । शुक्रबार उनि अफिस गएको बेला कोठाको ताल्चा तोडेर चोरी भएको लेखा प्रमुख साहले जानकारी दिए ।  ६ तोला सुन , ४० तोला  चाँदी र १ लाख ५० हजार नगद चोरी भएको उनले बताए ।

त्यस्तै शुक्रवार नै गौशाला वडा न. १० बटौवा निवासी नेपाल नेपाल विद्युत प्राधिकरण गौशला वितरण केन्द्रका अर्का कर्मचारी नागेन्द्र मण्डलको बजाज कम्पनीको एभेन्जर मोटरसाइकल घरबाटै चोरी भएको छ  ।  

गत बैशाख २३ गते नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रकै कर्मचारी ललित यादवको पनि कोठाबाट लाखौ बराबरको गरगाघना गौशाला कृष्णनगरबाट चोरी भएको छ ।

गौशालामा तीन ओटा चोरी त्यो पनि विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रकै कर्मचारीको भएको छ । उनीहरुले इलाका प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।

गौशालामा चोरीको घटना बढेपछी जनसमुदाय त्रसित भएका छन् । चोरी मात्र नभएर गौशालामा समय समयमा ग्यांग फाइट , लुटपाट , कुटपिटको घटना बढेको तर प्रहरी प्रशासन मौन रहेको एक स्थानीय बताउँछन् । त्यसमाथि आज प्रहरी कार्यालय अगाडी कै ठाउँबाट चोरी भएपछी प्रहरीहरुले सुरक्षा सेवामा कमि गरेको स्थानीयहरुको भनाई छ  । रातिको समयमा प्रहरीको निगरानी पुरै फितलो रहेको छ भने सोझा साझा जनतालाई विनाकारण समात्ने गालीगलौज गर्ने तर अनैतिक कार्य गर्ने , लागु औषध सेवन गरेर हिड्ने , सवारीसाधन अनियन्त्रित रुपमा चलाउनेहरुलाइ उल्टै प्रहरीले सहयोग गरेको आरोप छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

8 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले