गौशालामा बजारमा छड्के अनुगमन , व्यापारी आक्रोशित
2 वर्ष पहिले प्रकाशित
(2081-02-22 B.S.)
1387 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , जेठ २२ गते
महोत्तरीको गौशाला बजारमा इलाका प्रशासन कार्यालय , इलाका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको टोलीले छड्के अनुगमन गरेका छन् । मंगलबार एकाबिहानै छड्के रुपमा बजारमा अनुगमन टोलीले अनुगमन गरेपछि व्यापारीहरु आक्रोशित भएका छन् । जसको कारणले अनुगमन टोली पूर्ण रुपमा अनुगमन नै नगरी भागेका थिए ।
टोलीले केहि पसलहरुमा म्याद गुज्रिएको र अखाद्य बस्तु फेला पारेपछी व्यापारीहरु सँग भनाभन भएको थियो । अनुगमन टोलीले अमर्यादित रुपमा समानहरु निरीक्षण गरेको भन्दै व्यापारीहरु आक्रोशित भएपछी अनुगमन नै नगरिकन टोली भागेको गौशाला -५ का एक व्यापारीले बताए ।
समय समयमा आएर सम्पूर्ण उद्योग , पसल , होटल लगायत निरीक्षण गर्नुपर्नेमा अचानक आएर लुटपाट गरेझै अनुगमन गरेको भन्दै व्यापारीहरुले आक्रोश व्यक्त गरेको सो व्यक्तिको भनाइ छ । उनले भने , “एक त गौशाला नगरपालिकाको प्रशासनले आफ्नो कार्य जिम्मेवारीपुर्वक गरेको छैन । त्यसमाथि अनुगमन गर्ने तरिका पनि छैन । समय समयमा हुनुपर्ने अनुगमन महिनौ वितेपछी हुन्छ । त्यो पनि अमर्दादित तरिकाले नै हुन्छ । नामको मात्र अनुगमन हो ।
उनले गौशालामा कतिपय पसल ,व्यवसाय दर्ता बिना नै संचालन भईरहदा पनि प्रशासनले केहि गर्न नसकेको तर सानोतिनो व्यापार गरेर जीविकोपार्जन गर्ने सोझासाझा जनतालाई दुख दिनको लागि अनुगमन हुने गरेको भन्दै खेद प्रकट गरे । गौशालामा कतिपय खाद्यभण्डारहरुले म्याद गुज्रिएको समान विक्री गरिरहदा पनि सम्बन्धित निकायको समयमा चासो नपुगेको उनको गुनासो छ । अनुगमन हुन्छ भने सानो ठुलो सम्पूर्ण व्यापारीको लागि हुनुपर्ने उनको भनाइ छ ।

अनुगमनको क्रममा श्री राम इन्टरप्राइजेजबाट टोलीले फोरदाना १५ प्याकेट , चिली ससेज ७ थान , टोम्याटो ससेज ७ थान , डिउ १५ पिस लगायत भन्सार नकटाईकन ल्याइएको इन्डियन समान जफत गरेका थिए ।

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
4 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
17 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments