गौशालाको एक निजि विद्यालयले बालश्रम शोषण गर्दै

2 वर्ष पहिले प्रकाशित

(2081-04-09 B.S.)

1312 पटक देखिएको

Radio Juntara

महोत्तरी , साउन ९ गते

महोत्तरीको गौशालामा एक निजि विद्यालयले बाल श्रम शोषण गरिरहेको पाइएको छ  ।  गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको मदर टेरेसा किड्डी कन्भेन्ट ई. बोडिंग स्कुलमा एक १३ वर्षीय बालकलाई स्कुलको बसमा खलासीको  काममा लगाई श्रम शोषण गरेको पाइएको हो  । 

करिब ३-४ वर्ष देखि गौशाला २ निवासी १३ वर्षका राजा मण्डल सो स्कुलमा कार्य गर्दै आएका छन् ।  उनको आमा मात्र छ ।  आमा पनि सोहि स्कुलमा खाना पकाउने कार्य गर्दै आएकी राजा मण्डल बताउछन ।  विद्यालयले बिना पारिश्रमिक काममा लगाएको उनि बताउछन् ।  मलाई कहिलेकाहीं खाना दिन्छ, मण्डल भन्छन , "कुनै दिन ५०/६० रुपैया दिन्छ । धेरै समय देखि यो कार्य गर्दै आएको छु । काम गर्नु मेरो मजबुरी छ ।  घरपरिवार गरिब छ ।  बुबा हुनुहुन्न । आमाले मात्र कति गर्नसक्नुहुन्छ।"  

राजाकी आमा किरण मण्डलले आफु गरिब भएको कारणले जीविकोपार्जनमा कठिनाई भएको बताउछिन ।  श्रीमान वितेपछि झन् गुजारा गर्न मुस्किल भएकोले छोराले खलासीको काम गर्न बाध्य भएको बताइन ।  छोरालाइ पढाउने ठुलो सपना छ, उनि भन्छिन, "स्कुलमा काम गरेपछी छोराले पढ्न पाउंछ भन्ने आश थियो तर के गर्नु स्कुलले पनि बिना पैसाको पढ्न दिएन । हामी गरिब छौं । पैसाको अभावले जे पनि गराउँछ । "

बाल श्रम शोषण गरिरहेकोप्रति मदर टेरेसा स्कुल बेखबर छ । बालश्रम शोषण गर्न नहुने कुरा थाहा हुदा हुदै पनि बालकलाइ यस्तो कार्य गराउनु अनैतिक कार्य रहेको गौशालाका एक शिक्षकले बताए । मजबुरी तथा गरिवीको फाइदा उठाएर बाल श्रम गराउनु अपराध रहेको उनले बताए  । उनि भन्छन, "पढ्ने, खेल्ने उमेरका बालकलाई मजदुरीमा लगाउनु उचित कुरा हैन । झन् बसको खलासीको कार्य निकै जोखिमपूर्ण हुन्छ । बसको ढोकामा उभिएर जाँदा केहि भए ज्यानको जोखिम नि हुन्छ ।  यहाँ प्रशासन देखि लिएर सम्बन्धित व्यक्ति , जनप्रतिनिधि मौन छन्  । बाल मजदुरका लागि कसले लडिदिने ? बालबालिकाको हकहितका लागि स्थापना भएका संघसंस्थाहरुले संरक्षण दिन सकेको छैन भने किन त्यस्ता संस्थाहरु स्थापना हुनुपर्यो । जिम्मेवारीपुर्वक कार्य गर्ने संघसंस्था सायदै कुनै होला । सरकारले बाल मजदुरी जरैदेखि निर्मूल पार्नु आवश्यक छ, ताकि उनीहरु भविष्यमा देशका कर्णधार बन्न सकुन् । देश बनाउन सकुन्, परिवर्तन ल्याउन सकुन् ।" 

बाल श्रम शोषण गर्नु नेपालको संविधान अनुसार कानुनि अपराध हो ।  बालबालिकाको हक अन्तर्गत धारा ३९ को उपधारा ४,६ र ७ अनुसार कुनै पनि बालबालिकालाई श्रम शोषण गर्न पाइदैन । यस अनुसार विपरीतका कार्य गरेमा कानुनि कारवाही हुने  र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ती पाउने हकको व्यवस्था रहेको छ । केन्द्रीय तथ्यांक विभागको नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण तथा राष्ट्रिय जनगणना–२०७८ अनुसार, नेपालको जनसंख्याको झन्डै आधा हिस्सा बालबालिकाको छ । भनिएकै छ, बालबालिका राष्ट्रका कर्णधार हुन् । आजका बालबालिका नै मुलुकको भविष्यका नीतिनिर्माता हुन्छन् । उचित शिक्षा, पालनपोषण र अवसर दिई बालबालिकालाई आज जति योग्य बनाउन सकिन्छ, भविष्यमा त्यति नै देशले उचित नेतृत्व पाउने सम्भावना हुन्छ । बालबालिका भनेका अर्काको सहारामा बाँच्नुपर्ने अपरिपक्व व्यक्ति हुन् । उनीहरू आफ्नो हित–अहितबारे सोच्न सक्दैनन् । यसैको नाजायज फाइदा लिई कतिपय स्थानमा बालबालिकाको दुरुपयोग गरेको हुन सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

8 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

12 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

15 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

18 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

8 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

15 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

18 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..

26 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

26 दिन पहिले