गौशालाको एक निजि विद्यालयले बालश्रम शोषण गर्दै
महोत्तरी , साउन ९ गते
महोत्तरीको गौशालामा एक निजि विद्यालयले बाल श्रम शोषण गरिरहेको पाइएको छ । गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको मदर टेरेसा किड्डी कन्भेन्ट ई. बोडिंग स्कुलमा एक १३ वर्षीय बालकलाई स्कुलको बसमा खलासीको काममा लगाई श्रम शोषण गरेको पाइएको हो ।
करिब ३-४ वर्ष देखि गौशाला २ निवासी १३ वर्षका राजा मण्डल सो स्कुलमा कार्य गर्दै आएका छन् । उनको आमा मात्र छ । आमा पनि सोहि स्कुलमा खाना पकाउने कार्य गर्दै आएकी राजा मण्डल बताउछन । विद्यालयले बिना पारिश्रमिक काममा लगाएको उनि बताउछन् । मलाई कहिलेकाहीं खाना दिन्छ, मण्डल भन्छन , "कुनै दिन ५०/६० रुपैया दिन्छ । धेरै समय देखि यो कार्य गर्दै आएको छु । काम गर्नु मेरो मजबुरी छ । घरपरिवार गरिब छ । बुबा हुनुहुन्न । आमाले मात्र कति गर्नसक्नुहुन्छ।"

राजाकी आमा किरण मण्डलले आफु गरिब भएको कारणले जीविकोपार्जनमा कठिनाई भएको बताउछिन । श्रीमान वितेपछि झन् गुजारा गर्न मुस्किल भएकोले छोराले खलासीको काम गर्न बाध्य भएको बताइन । छोरालाइ पढाउने ठुलो सपना छ, उनि भन्छिन, "स्कुलमा काम गरेपछी छोराले पढ्न पाउंछ भन्ने आश थियो तर के गर्नु स्कुलले पनि बिना पैसाको पढ्न दिएन । हामी गरिब छौं । पैसाको अभावले जे पनि गराउँछ । "

बाल श्रम शोषण गरिरहेकोप्रति मदर टेरेसा स्कुल बेखबर छ । बालश्रम शोषण गर्न नहुने कुरा थाहा हुदा हुदै पनि बालकलाइ यस्तो कार्य गराउनु अनैतिक कार्य रहेको गौशालाका एक शिक्षकले बताए । मजबुरी तथा गरिवीको फाइदा उठाएर बाल श्रम गराउनु अपराध रहेको उनले बताए । उनि भन्छन, "पढ्ने, खेल्ने उमेरका बालकलाई मजदुरीमा लगाउनु उचित कुरा हैन । झन् बसको खलासीको कार्य निकै जोखिमपूर्ण हुन्छ । बसको ढोकामा उभिएर जाँदा केहि भए ज्यानको जोखिम नि हुन्छ । यहाँ प्रशासन देखि लिएर सम्बन्धित व्यक्ति , जनप्रतिनिधि मौन छन् । बाल मजदुरका लागि कसले लडिदिने ? बालबालिकाको हकहितका लागि स्थापना भएका संघसंस्थाहरुले संरक्षण दिन सकेको छैन भने किन त्यस्ता संस्थाहरु स्थापना हुनुपर्यो । जिम्मेवारीपुर्वक कार्य गर्ने संघसंस्था सायदै कुनै होला । सरकारले बाल मजदुरी जरैदेखि निर्मूल पार्नु आवश्यक छ, ताकि उनीहरु भविष्यमा देशका कर्णधार बन्न सकुन् । देश बनाउन सकुन्, परिवर्तन ल्याउन सकुन् ।"
बाल श्रम शोषण गर्नु नेपालको संविधान अनुसार कानुनि अपराध हो । बालबालिकाको हक अन्तर्गत धारा ३९ को उपधारा ४,६ र ७ अनुसार कुनै पनि बालबालिकालाई श्रम शोषण गर्न पाइदैन । यस अनुसार विपरीतका कार्य गरेमा कानुनि कारवाही हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ती पाउने हकको व्यवस्था रहेको छ । केन्द्रीय तथ्यांक विभागको नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण तथा राष्ट्रिय जनगणना–२०७८ अनुसार, नेपालको जनसंख्याको झन्डै आधा हिस्सा बालबालिकाको छ । भनिएकै छ, बालबालिका राष्ट्रका कर्णधार हुन् । आजका बालबालिका नै मुलुकको भविष्यका नीतिनिर्माता हुन्छन् । उचित शिक्षा, पालनपोषण र अवसर दिई बालबालिकालाई आज जति योग्य बनाउन सकिन्छ, भविष्यमा त्यति नै देशले उचित नेतृत्व पाउने सम्भावना हुन्छ । बालबालिका भनेका अर्काको सहारामा बाँच्नुपर्ने अपरिपक्व व्यक्ति हुन् । उनीहरू आफ्नो हित–अहितबारे सोच्न सक्दैनन् । यसैको नाजायज फाइदा लिई कतिपय स्थानमा बालबालिकाको दुरुपयोग गरेको हुन सक्छ ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
4 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..
15 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments