खोलाको अवैध उत्खनन रोक्न्न गौशालाको नगरप्रमुख महतोद्वारा अनुगमन

1 वर्ष पहिले प्रकाशित

(2081-04-10 B.S.)

624 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला , साउन १० गते

गौशाला नगरपालिका अन्तर्गत पर्ने खोलाहरुको अवैध उत्खनन न्यूनीकरण गर्न गौशाला नगरपालिका द्वारा गौशालाका  नगरप्रमुख डा. दिपेन्द्र महतोको संयोजकत्वमा प्राबिधिक टोली सहित अनुगमन तथा निरीक्षण थालिएको छ  । बिहिबार गौशाला नगरपालिका १२ बाके खोला देखि अनुगमन र स्टोक प्रमाणित गर्न थुपारेको बलुवा गिट्टीलाई नाप्ने काम सुरु गरिएको हो  ।

अनुगमन गर्दै नगर प्रमुख महतोले नगर भित्र रहेको सम्पूर्ण क्रसरमा भएको कच्चा मेटेरियललाई क्रसर उद्योगीले स्टोक प्रमाणित गराउनु अनिवार्य रहेको बताए  । उनले भने , “प्रत्यक वर्ष जेष्ठ मसान्तमा खोला उत्खनन बन्द हुने भएकोले यस वर्ष पनि बन्द भइ अब आउने बालुवा गिट्टी कहाँबाट ल्याउंछ र  स्रोत र बिल अनिबार्य चाहिन्छ  । अब जुन क्रसरले नियम पुर्वक काम गर्दैन त्यो क्रसर उद्योगीलाइ कारवाहीको प्रक्रियामा ल्याउने उदेश्यले यो नाप्ने काम सुरु गरिएको छ ।”

साथै नियम नीति पुर्वक जो क्रसर संचालन हुन्छ त्यो मात्र अब संचालनमा रहने बताउदै अव्यवस्थित रुपमा संचालन भएका क्रसर बन्द गर्ने र व्यवस्थित प्रक्रियाबाट अनलाइन ठेक्का लगाउने उनले बताए ।

गौशाला नगरपालिका र सर्लाहीको इश्वरपुर नगरपालिकाको सिमानामा पर्ने बाँके खोला एक /एक बर्ष गरि दुवै पालिकाले ठेक्का लगाउने प्रचलन थियो । तर अब आफ्नो आफ्नो क्षेत्रको  प्रत्यक वर्ष आफै ठेक्का  लगाउने समेत उनले जानकारी गराए ।

यो वर्षमा नगरपालिकाले निगरानी बढाउने र कानुन विपरित कसैले खोला उत्खनन गर्न नपाउने भन्ने प्रतिबद्धता नगरप्रमुख महतोले व्यक्त समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

15 दिन पहिले