गौशालामा फर्जी बुवा बनाएर लिए नागरिकता
महोत्तरी , साउन २२ गते ।
महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला इलाका प्रसाशन कार्यालयबाट फर्जी बुवा बनाएर नागरिकता प्राप्त गरेको कुरा बाहिरिएको छ । एक भारतीय नागरिकलाई गौशालाको एक व्यक्तिलाई आफ्नो बुवा बनाएर नेपाली नागरिकता प्राप्त गरेको गौशाला इलाका प्रशासनको रेकर्डमा देखिएको हो ।
गत जेष्ठ १४ गते भारतीय नागरिक रहमत नदाफले आफ्नो ससुरा गौशाला नगरपालिका वडा न. २ जन्म स्थान र वडा न. ५ स्थाई बसोवास गर्ने सबिर नदाफलाइ आफ्नो बुवा बनाइ १८-२०-८१/००३९० र जारी मिति २०८१-०२-१४ गतेको दिन नागरिकता लिएको कार्यालय प्रमुख तेज नारायण झा ले बताए । उनले भने, " यो सब फर्जी कागजात गौशाला नगरपालिका वडा न. ५ का कम्पुटर अपरेटर सिराजुल भन्ने व्यक्ति र वडा अध्यक्ष ओम प्रकाश गुप्ताको मिलोमतोमा र कर्मचारी नायब सुब्बा ठगिन्द्र प्रसाद तिमल्सिना मिलेर यो नागरिकता दिएको छ । तर वडा अध्यक्ष गुप्ताले यो मेरो फर्जी हस्ताक्षर गरेको छ भन्ने गर्छन ।"साथै सो व्यक्तिहरुलाई कारवाहीको प्रक्रिया आगाडी बढाइएको समेत उनले जानकारी दिए ।
नेपालको कानुनमा झुठो विवरण दिई विदेशीले नागरिकता लिएमा एक वर्ष देखि पाँच वर्ष सम्मकैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय समेत व्यवस्था रहेको छ । त्यस्तै विदेशीलाई झुठो विवरणको आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत गरेमा वा सिफारिस गरेमा छ महिना देखि तिन वर्ष सम्म कैद वा पच्चीस हजार रुपैया देखि पचास हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेकोे छ ।
गौशाला नगरपालिकामा किर्ते कागजात मार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवादमा पनि कम्प्युटर अपरेटर सिराजुलले कारवाही पाइसकेको हुदा पनि नगरपालिकाले फेरी उनलाई जागिरमा स्थानीयको भनाइ छ । गत ०७७ साल अषाढ २९ गते नगरपालिकामा कार्यरत कर्मचारीले किर्ते उपभोक्ता समितिको नाममा टिप्पणी आदेश सहितका कागजात बनाएर चेक लिएर जाने क्रममा घटना सार्वजनिक भएको थियो । त्यसको भोलिपल्ट कार्यालय परिसरमा वेवारिसे अवस्थामा चेक फालिएको अवस्थामा भेटिएको थियो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरी लगायत का विवरण किर्तेरुपमा बनाएर कागजात प्रक्रिया सहित कार्यालयमा बुझाई चेक भुक्तानी गर्ना लागेको घटनामा पनि सिराजुल संलग्न रहेको थियो । त्यो घटना अझै रहस्यमय बनेको छ ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
16 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..

कमेन्ट गर्नुहोस्
view comments