सम्सी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

(2081-05-16 B.S.)

601 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी , भदौं १६ गते

महोत्तरीको सम्सी गाँउपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको आयोजनामा एक दिने स्थानीय स्तरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय स्तरमा सबैभन्दा बढी भ्रष्टाचार भएकोले यस्तो कार्यक्रम पालिकाहरुमै गर्नु आवश्यक रहेकोले आयोगले उक्त कार्यक्रम गरेको हो । जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरि भ्रष्टाचार नियन्त्रण र सुशासन कसरि लागु हुने सन्दर्भमा छलफल गरिएको हो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको शाखा अधिकृत सर्मिला पौडेलले कार्यक्रममा आफ्नो प्रजेंटेसन प्रस्तुत गरेकी थिइन् । प्रजेंटेशनमा भ्रष्टाचारजन्य कसुर र सजाय , मुद्धा , उजुरी फर्छ्यौट अवस्था सन्दर्भमा जानकारी गराइन् ।

महोत्तरी जिल्लाबाट चालु आर्थिक वर्ष २०८१/०८२ को भदौ १५ गते सम्म स्थानीय तहबाट जम्मा २१३ उजुरी परेको र फर्छ्यौट ३४ ओटा भएको र १७९ ओटा फर्छ्यौट बाँकी रहेका छन् । जसमध्य आयोगमा सम्सी गाउँपालिकाको १३ वटा उजुरी परेको छ भने ४ ओटा फर्छ्यौट भएको शाखा अधिकृत सर्मिला पौडेलले जानकारी दिइन् । उनले भनिन् , " अहिले उजुरी पर्ने मुद्धाहरुमध्य सार्वजानिक खरिद निर्माणमा ,गलत इस्टिमेट ,बजेट टुक्राएर खरिद गर्ने ,आवश्यक्ता भन्दा बढी खरिद गर्ने जस्ता उजुरीहरु बढी परेको छ ।"

कार्यक्रममा जनप्रतिनिधिबाट आएको गुनासो र प्रश्नको जवाफ दिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको सुचना अधिकारी तुलसीराम पौडेलले भ्रष्टाचार नियन्त्रण गर्नु सबैको साझा दायित्व रहेको बताए । यसमा सबैले सहयोग गरेमा मात्र भष्टाचार नियन्त्रण हुने र सुशासन पनि कायम रहने छन भन्दै एउटै उदेश्य एउटै नारा भष्टाचारबाट छुटकारा हाम्रो सबैको अभिभारा नाराका साथ कार्यक्रमलाई समापन गरेका थिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कर्मचारी, सम्सी गाँउ पालिकाका जनप्रतिनिधिहरु पालिकाका सबै शाखाका कर्मचारीहरु लगायत शिक्षकहरुको समेत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले