सम्सी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2081-05-16 B.S.)
744 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , भदौं १६ गते
महोत्तरीको सम्सी गाँउपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको आयोजनामा एक दिने स्थानीय स्तरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा सबैभन्दा बढी भ्रष्टाचार भएकोले यस्तो कार्यक्रम पालिकाहरुमै गर्नु आवश्यक रहेकोले आयोगले उक्त कार्यक्रम गरेको हो । जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरि भ्रष्टाचार नियन्त्रण र सुशासन कसरि लागु हुने सन्दर्भमा छलफल गरिएको हो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको शाखा अधिकृत सर्मिला पौडेलले कार्यक्रममा आफ्नो प्रजेंटेसन प्रस्तुत गरेकी थिइन् । प्रजेंटेशनमा भ्रष्टाचारजन्य कसुर र सजाय , मुद्धा , उजुरी फर्छ्यौट अवस्था सन्दर्भमा जानकारी गराइन् ।
महोत्तरी जिल्लाबाट चालु आर्थिक वर्ष २०८१/०८२ को भदौ १५ गते सम्म स्थानीय तहबाट जम्मा २१३ उजुरी परेको र फर्छ्यौट ३४ ओटा भएको र १७९ ओटा फर्छ्यौट बाँकी रहेका छन् । जसमध्य आयोगमा सम्सी गाउँपालिकाको १३ वटा उजुरी परेको छ भने ४ ओटा फर्छ्यौट भएको शाखा अधिकृत सर्मिला पौडेलले जानकारी दिइन् । उनले भनिन् , " अहिले उजुरी पर्ने मुद्धाहरुमध्य सार्वजानिक खरिद निर्माणमा ,गलत इस्टिमेट ,बजेट टुक्राएर खरिद गर्ने ,आवश्यक्ता भन्दा बढी खरिद गर्ने जस्ता उजुरीहरु बढी परेको छ ।"
कार्यक्रममा जनप्रतिनिधिबाट आएको गुनासो र प्रश्नको जवाफ दिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको सुचना अधिकारी तुलसीराम पौडेलले भ्रष्टाचार नियन्त्रण गर्नु सबैको साझा दायित्व रहेको बताए । यसमा सबैले सहयोग गरेमा मात्र भष्टाचार नियन्त्रण हुने र सुशासन पनि कायम रहने छन भन्दै एउटै उदेश्य एउटै नारा भष्टाचारबाट छुटकारा हाम्रो सबैको अभिभारा नाराका साथ कार्यक्रमलाई समापन गरेका थिए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कर्मचारी, सम्सी गाँउ पालिकाका जनप्रतिनिधिहरु पालिकाका सबै शाखाका कर्मचारीहरु लगायत शिक्षकहरुको समेत उपस्थित रहेको थियो ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments