गौशालामा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु , २ जना घाइते
1 वर्ष पहिले प्रकाशित
(2081-05-23 B.S.)
3251 पटक देखिएको
गौशाला , भदौ २३ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. ३ स्थित ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ भने ट्याक्टरको ठक्करबाट दुई जना घाइते भएका छन् । आइतबार गौशाला -३ इटाटार सुखलैया पोखरी स्थितको सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ गईरहेको ट्याक्टरले साइकलमा सवार विद्यालय गइरहेका ३ जना बालबालिकालाई ठक्कर दिएको थियो । ट्याक्टरले किचेर मृत्यु हुनेमा गौशाला -३ का रामकरण महतोको १२ वर्षीय छोरी जिया कुमारी महतो रहेकी छिन् । जिया ठक्करबाट सामान्य घाइते भएकी थिइन् तर ट्याक्टरले मार्ने मनसायले ब्याक गरेर किचेको स्थानीयहरुले आरोप लगाएका छन् । त्यस्तै घाइते हुनेहरुमा सोहि स्थानकी ५ वर्षीय हंसिका महतो र १२ वर्षीय सुरज कुमार महतो रहेका छन् । दुर्घटना पश्चात उनीहरुलाई उपचारको लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
ज. २ त. २० नम्बर भएको स्वराज कम्पनीको ट्याक्टर चालक गौशाला – ३ का प्रेमचन्द महतो दुर्घटना लगतै फरार भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सामान्य घाइते बालिकालाइ स्थानीयहरुले ट्याक्टरले जानीजानी किचेर मारेको आरोप लगाएपछी इटाटारको अवस्था तनावग्रस्त भएको छ । सडकको छेउमा झाडीहरु भएको कारण पनि दुर्घटना भएको स्थानीयहरुको भनाइ छ । नगरपालिकाले सडकको सरसफाईमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । थप अनुसन्धान जारि रहेको प्रहरीले जनाएको छ ।





गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
4 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
17 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments