छोराहरु ससुरालीमा मोज गर्दै , आमाबुबा सडकमा
गाउँ समाजमा सबै मानिसको आ-आफ्नै रहन सहन हुन्छ भने जीविकोपार्जनको तरिका पनि फरक फरक हुन्छ । वर्तमान समयमा हाम्रो गाउँ समाजमा रहेका विभिन्न सामाजिक, सांस्कृतिक, राजनीतिक एवं आर्थिक सँग सम्बन्धित समस्याले मानिसलाई निकै प्रभाव पारेको छ । त्यस्ता प्रभावहरु खेपेर बसिरहेका जनसमुदायको धारणा , विचार , रहन , मौलिकपनलाई उदृढ गर्दै उनीहरुको आवाज प्रस्तुत गर्न तयार गरिएको –जनताको आवाज ।
“महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ सुर्तिबिकास चोक बाबुसाहेब टोलस्थित घर भएकी ६५ वर्षकी सिता देवी र श्रीमान रामप्रित महतो घर जग्गा निलामी भइ हाल ३ वर्ष देखि गाउँ गाउँ भौतारी रहेका छन जनताको आवाजमा आज उनैसँगको कुराकानी प्रस्तुत गरेका छौं ।
सन्चै हुनुहुन्छ ,साँची कति उमेरको पुग्नुभयो ?
ठिक ठिकै भनुपर्यो ६५ वर्षीय छु ।उमेर ढलकियो । मलाइ बच्दानिको समस्या, दिनाइ र श्रीमानलाइ उच्चरक्त चाप, दमा छ ।
घरपरिवारमा को को हुनुहुन्छ ?
अहिले घरमा म र मेरो श्रीमान मात्रै छु । ४ ओटा छोरा छ । २ ओटाको बिवाह भईसकेको छ र २ ओटा छोरा चाही अबिवाहित नै छ । जसमध्य बिवाह भएको छोराहरु आआफ्नो श्रीमतीलाइ लिएर ससुराली मै बस्ने गरेको छ । साइलो छोराले आफै काम गरेर खान्छ भने कहिले काही चाही अलि अलि उसको खर्चबाट बचेको पैशाबाट देको हुन्छ नत्र भने कान्छो छोराले अहिले हामीलाई पालिराको छ ।
के काम गर्दा रमाइलो महसुश हुन्छ ?
हाम्रो उमेर भन्नुपर्दा बुढेसकाल भयो । अहिलेको उमेरमा हामीलाई नयाँ नयाँ ठाउँ घुम्न र मिठो मिठो पकवानहरु खान मन गर्छ । तर के गर्नु घरजग्गा निलामी भईसकेको छ । ३ वर्ष देखि हामी आफनो कान्छो छोरालाई लिएर गाउँ गाउँ भौतारिराको छौ । दिउसो चयन हुदैन राति निन्दरा आउदैन । आफु र श्रीमान पनि काम गर्न नसकेको हुनाले जे इच्छ हुन्छ मनमै मार्ने गरेको छौ ।
खाने कुरामा चाही के सबैभन्दा बडी खान मन गरेको हुन्छ ?
हुनत म साकाहारी छु त्यसैले मलाइ दाल, भात, तरुवा र दहि धेरै मन पर्छ तर यो खाना खाको मलाई २ वर्ष हुनलागेको छ । घरको यस्तो हाल भएको हुनाले नुन रोटि खाएर जसो तसो आफनो जिबनको पार्जन गरिराको छौ ।
घरजग्गा कसरी निलामी भएको हो ?
हाम्रो यो जिबन चक्र धेरै ठुलों छ । आज भन्दा ३ वर्ष पहिला हाम्रो सुखी सम्पन परिबार रहेको थियो ? त्यसै क्रममा मेरो श्रीमानले बैंकबाट ५ लाख लोन लिनु भयो । त्यसमध्य ५ लाख बाट हामीले केहि पैशाले घर मर्मत , शौचालय , भान्सा कोठा बनाएम र केहि पैशाले घरको कुलदेउताको पुजा गर्यो र बाँकी बचेको पैशाले छोराको बिवाह गरियो । मेरो श्रीमानले आफनो आम्दानी बाट ३ लाख जति फर्चौट गर्नु भयो बाकी २ लाख बसेको पैशा छोराहरुसंग माग्दा नदिए पछी व्याज बढेर २ लाखको दोबर ४ लाख पुगेको हुनाले हाम्रो घरजग्गा निलामी भएको हो ।
कति सम्पति निलामी भएको हो ?
हाम्रो सम्पत्ति बडी त थिएन तर ५ धुर जग्गा, मर्मत गरेको घर, शौचाल्य सब निलामी भएको हो ।
अहिले कहाँ र कसरी बसिराख्नु भाको छ ?
अहिले त हामी दुवै श्रीमान श्रीमती र मेरो कान्छो छोरा घर भाडा लिई बसिरहेको छौ तर यहाका समाज छरछिमेकले हामीलाई धेरै दु:ख दिईरहेको छ । हामीलाई यहाँबाट भगाउन लागेको छ ।
यस्तो अबस्तामा के गर्न मन लागछ ?
हामी दुवै श्रीमान श्रीमतीलाई विभिन्न रोग लागे पनि हामीलाई कुनै ठाउँमा पसल खोलेर पसल चलाउन मन गर्छ र पसलबाट आएको आम्धानीबाट आफ्नो जिवन चलाउन मन लागछ ।
त्यसो भए तपाइको अन्तिम सहारा कान्छो छोरा नै हो ?
भन्नु पर्दा हाम्रो अन्तिम सहारा हाम्रो कान्छो छोरा नै हो। किनकी अहिले हाम्रो खानपिन सबथोक हाम्रो कान्छो छोराले नै गरिरहेको छ । मेरो श्रीमानलाई केहि हुँदा वा मलाई केहि हुँदा हाम्रो उपचार पनि कान्छो छोराले नै गरेको छ । कुनै कुनै दिन नपुग्दा अरुसंग मागेर आफ्नो आवश्यकता पुरा गर्ने गरेको छौ ।
लुगाफाटा कहाँबाट ल्याउनु हुन्छ ?
माग्ने गर्छौ । हामी जहाँ बस्ने गरेको छौ त्यहि आगाडी पछाडिको मानिसले दिने गरेको छ । हाम्रो आफन्तको घरमा पूजापाठ हुदा वा बिवाह हुदा उनीहरुले दिएको लुगाफाटा लगाउने गरेको छौ ।
सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
हामी जस्तो छोरा छोरीहरुले नहेर्ने गरिबका लागि ऐलानी भए पनि अलि अलि जग्गा दिओस । त्यसमा हामी आफ्नो झुपडी बनाएर बस्छ्म । वृद्धाआश्रमको यहाँ व्यवस्था भए हुन्थ्यो ।
(बिगतका दिनमा सरकारको ऐलानी जग्गामा घर बनाएर सानो चीयाको पसल गरि आफ्नो जीवन चलाउछु भन्ने सोच लिएर घर बनाउन जादा वडा न. ३ का वडा अध्यक्ष विरेन्द्र चौधरीले घर बनाउन नदिएको र वडाबाट निष्कासित गरेको आरोप समेत लगाएकी छिन ।)
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
4 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
17 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments