छोराहरु ससुरालीमा मोज गर्दै , आमाबुबा सडकमा

2 वर्ष पहिले प्रकाशित

(2081-06-12 B.S.)

858 पटक देखिएको

Radio Juntara

गाउँ समाजमा सबै मानिसको आ-आफ्नै रहन सहन हुन्छ भने जीविकोपार्जनको तरिका पनि फरक फरक हुन्छ  । वर्तमान समयमा हाम्रो गाउँ समाजमा रहेका विभिन्न सामाजिक, सांस्कृतिक, राजनीतिक एवं आर्थिक सँग सम्बन्धित समस्याले मानिसलाई निकै प्रभाव पारेको छ  । त्यस्ता प्रभावहरु खेपेर बसिरहेका जनसमुदायको धारणा , विचार , रहन , मौलिकपनलाई उदृढ गर्दै उनीहरुको आवाज प्रस्तुत गर्न तयार गरिएको –जनताको आवाज  ।

“महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ सुर्तिबिकास चोक बाबुसाहेब टोलस्थित घर भएकी ६५ वर्षकी सिता देवी र श्रीमान रामप्रित महतो घर जग्गा निलामी भइ हाल ३ वर्ष देखि गाउँ गाउँ भौतारी रहेका छन जनताको आवाजमा आज उनैसँगको कुराकानी प्रस्तुत गरेका छौं  ।

सन्चै हुनुहुन्छ ,साँची कति उमेरको पुग्नुभयो ?

ठिक ठिकै भनुपर्यो ६५ वर्षीय छु ।उमेर ढलकियो । मलाइ बच्दानिको समस्या, दिनाइ र श्रीमानलाइ उच्चरक्त चाप, दमा छ ।

घरपरिवारमा को को हुनुहुन्छ ?

अहिले घरमा म र मेरो श्रीमान मात्रै छु । ४ ओटा छोरा छ । २ ओटाको बिवाह भईसकेको छ र २ ओटा छोरा चाही अबिवाहित नै छ । जसमध्य बिवाह भएको छोराहरु आआफ्नो श्रीमतीलाइ लिएर ससुराली मै बस्ने गरेको छ । साइलो छोराले आफै काम गरेर खान्छ भने कहिले काही चाही अलि अलि उसको खर्चबाट बचेको पैशाबाट देको हुन्छ नत्र भने कान्छो छोराले अहिले हामीलाई पालिराको छ ।

के काम गर्दा रमाइलो महसुश हुन्छ ?

हाम्रो उमेर भन्नुपर्दा बुढेसकाल भयो । अहिलेको उमेरमा हामीलाई नयाँ नयाँ ठाउँ घुम्न र मिठो मिठो पकवानहरु खान मन गर्छ । तर के गर्नु घरजग्गा निलामी भईसकेको छ । ३ वर्ष देखि हामी आफनो कान्छो छोरालाई लिएर गाउँ गाउँ भौतारिराको छौ । दिउसो चयन हुदैन राति निन्दरा आउदैन । आफु र श्रीमान पनि काम गर्न नसकेको हुनाले जे इच्छ हुन्छ मनमै मार्ने गरेको छौ ।

खाने कुरामा चाही के सबैभन्दा बडी खान मन गरेको हुन्छ ?

हुनत म साकाहारी छु त्यसैले मलाइ दाल, भात, तरुवा र दहि धेरै मन पर्छ तर यो खाना खाको मलाई २ वर्ष हुनलागेको छ । घरको यस्तो हाल भएको हुनाले नुन रोटि खाएर जसो तसो आफनो जिबनको पार्जन गरिराको छौ ।

घरजग्गा कसरी निलामी भएको हो ?

हाम्रो यो जिबन चक्र धेरै ठुलों छ । आज भन्दा ३ वर्ष पहिला हाम्रो सुखी सम्पन परिबार रहेको थियो ? त्यसै क्रममा मेरो श्रीमानले बैंकबाट ५ लाख लोन लिनु भयो । त्यसमध्य  ५ लाख बाट हामीले केहि पैशाले घर मर्मत , शौचालय , भान्सा कोठा बनाएम र केहि पैशाले घरको कुलदेउताको पुजा गर्यो र बाँकी  बचेको पैशाले छोराको बिवाह गरियो । मेरो श्रीमानले आफनो आम्दानी बाट ३ लाख जति फर्चौट गर्नु भयो बाकी २ लाख बसेको पैशा छोराहरुसंग माग्दा नदिए पछी व्याज बढेर २ लाखको दोबर ४ लाख पुगेको हुनाले हाम्रो घरजग्गा निलामी भएको हो ।

कति सम्पति निलामी भएको हो ?

हाम्रो सम्पत्ति बडी त थिएन तर ५ धुर जग्गा, मर्मत गरेको घर, शौचाल्य सब निलामी भएको हो ।

अहिले कहाँ र कसरी बसिराख्नु भाको छ ?

अहिले त हामी दुवै श्रीमान श्रीमती र मेरो कान्छो छोरा घर भाडा लिई बसिरहेको छौ तर यहाका समाज छरछिमेकले हामीलाई धेरै दु:ख दिईरहेको छ । हामीलाई यहाँबाट भगाउन लागेको छ ।

यस्तो अबस्तामा के गर्न मन लागछ ?

हामी दुवै श्रीमान श्रीमतीलाई विभिन्न रोग लागे पनि हामीलाई कुनै ठाउँमा पसल खोलेर पसल चलाउन मन गर्छ र पसलबाट आएको आम्धानीबाट आफ्नो जिवन चलाउन मन लागछ ।

त्यसो भए तपाइको अन्तिम सहारा कान्छो छोरा नै हो ?

भन्नु पर्दा हाम्रो अन्तिम सहारा हाम्रो कान्छो छोरा नै हो।  किनकी अहिले हाम्रो खानपिन सबथोक हाम्रो कान्छो छोराले नै गरिरहेको छ । मेरो श्रीमानलाई केहि हुँदा वा मलाई केहि हुँदा हाम्रो उपचार पनि कान्छो छोराले नै गरेको छ । कुनै कुनै दिन नपुग्दा अरुसंग मागेर आफ्नो आवश्यकता पुरा गर्ने गरेको छौ ।

लुगाफाटा कहाँबाट ल्याउनु हुन्छ ?

माग्ने गर्छौ । हामी जहाँ बस्ने गरेको छौ  त्यहि आगाडी पछाडिको मानिसले दिने गरेको छ । हाम्रो आफन्तको घरमा पूजापाठ हुदा वा बिवाह हुदा उनीहरुले दिएको लुगाफाटा लगाउने गरेको छौ ।

सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

हामी जस्तो छोरा छोरीहरुले  नहेर्ने गरिबका लागि ऐलानी भए पनि अलि अलि जग्गा दिओस । त्यसमा  हामी आफ्नो झुपडी बनाएर बस्छ्म । वृद्धाआश्रमको यहाँ व्यवस्था भए हुन्थ्यो ।

(बिगतका दिनमा सरकारको ऐलानी जग्गामा घर बनाएर सानो चीयाको पसल गरि आफ्नो जीवन चलाउछु भन्ने सोच लिएर घर बनाउन जादा वडा न. ३ का वडा अध्यक्ष विरेन्द्र चौधरीले घर बनाउन नदिएको र वडाबाट निष्कासित गरेको आरोप समेत लगाएकी छिन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले