कारागारमा पस्यो पानी ,कैदी बन्दि बिचल्लीमा
रौतहट , असोज १३ गते
रौतहटमा कारागारमा पानी पसेपछि कैदी बन्दिको बिचल्ली भएको छ । जिल्लाको सदरमुकाम गौर स्थित कारागारमा बाढी पसेपछि कैदी बन्दीलाई बास स्थानको समस्या भएर अन्यत्र व्यवस्थापन गरिएको छ। कारागारभित्र पानी पसेको हुनाले छतमाथि पुरुष कैदी बन्दीलाई कडा सुरक्षासहित राखिएको छ भने महिला कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको छ।
शुक्रबारदेखि परेको पानीले बागमती नदी र लालबकैया नदीको पानी बिहानैदेखि गौरमा पसेर डुबान भएको छ । कारागारभित्र तीन फिटसम्म पानी ताल परेको छ । कारागारमा बस्ने अवस्था नभएको कारण चौतर्फी प्रहरी राखेर पुरुष कैदी बन्दीलाई छतमा राखिएको सिडिओ हिरालाल रेग्मीले बताएका छन्। उनीहरूको खानाको व्यवस्थापन समेत कारागारको छत माथि नै भइरहेको छ।
त्यस्तै १२ जना महिला कैदी लाई जिल्ला प्रहरी कार्यालय गौराको हिरासतमा राखिएको सिडिओ रेग्मीले जानकारी दिए। बिहीबारदेखिको अविरल वर्षासँगै रौतहटको पूर्व भेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दबाब बढ्दै गएको छ।
अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी ताल परेको छ। गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत् प्राधिकरण गौर शाखा जलमग्न भएको छ।
सदरमुकाम गौरका अधिकांश सडकहरू डुबेको छ भने कतिपय होचा घरहरूमा बाढी पसेको छ । बिपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढीले डुबानमा परेका छन् । सिडिओ हिरालाल रेग्मीका अनुसार हाल सदरमुकाम गौर डुबानमा परेको छ, प्रायः सम्पूर्ण सरकारी कार्यालयहरूमा दुईदेखि तीन फिट सम्म पानी जमेर आज खुल्ने अवस्था छैन।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments