मिथिलामा झिझिया नाचको रौनक

2 वर्ष पहिले प्रकाशित

(2081-06-20 B.S.)

912 पटक देखिएको

Bhagyarekha Thakur

ममता शर्मा , महोत्तरी

मिथिलामा दशैँ सुरु भएसँगै झिझिया नाचको रौनक बढेको छ । मिथिलाञ्चलमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । जुन दशैँको समयमा साझ दुर्गा मन्दिरमा गर्ने गरिन्छ । मिथिलामा आफ्नै महत्व रहेको रहेको झिझिया नाच घटस्थापनादेखि विजया दशमीसम्म गर्ने परम्परा रहेको छ ।

बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रहेको छ ।   बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो टाउकामा राखेर नृत्य गर्ने गरिन्छ घैँटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रुपमै नृत्य गरिने गरिन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिन्छ भने बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिको सुरक्षा हुने जनविश्वास रहेको मटिहानी संस्कृत विद्यालयका प्रध्यापक विनय उपाध्यायले जानकारी दिनुभयो ।

झिझिया लोकनृत्य महोत्तरी लगायत धनुषा , सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो,  जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकोमा राखी नृत्य गर्ने गरिन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले