गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

1 वर्ष पहिले प्रकाशित

(2081-07-13 B.S.)

1217 पटक देखिएको

ममता शर्मा
महोत्तरी , कार्तिक १३ गते ।
महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौशाला नगरपालिका वडा नं ६ फुलकाहा स्थित श्री मा.वि. भेडियाही फुलकाहाको प्रांगणमा नवजीवन साना किसान सहकारी संस्थाद्वारा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । नगरका १६ वटा विद्यालयबीच नगरस्तरीय प्रतियोगिता भएको हो ।

कार्यक्रममा दौड , चेयर रेस र हाजिरी जवाफ प्रतियोगिता भएको थियो । जस अन्तर्गत दौड प्रतियोगितामा श्री राष्ट्रिय मा.वि. कान्तिबजारका छात्रा अनुरुद राउत प्रथम , भानुभक्त मेमोरियल सेकेन्डरी इंगलिस बोर्डिंग स्कुलका छात्रा दिपक राय यादव द्वितीय र त्रिभुवन मा.वि. का छात्रा रवि शंकर यादव तृतीय भएका हुन् ।

चेयर रेसमा श्री राष्ट्रिय मा.वि. कान्तिबजार प्रथम , भानुभक्त मेमोरियल सेकेन्डरी इंगलिस बोर्डिंग स्कुल द्वितीय र श्री जनता मा.वि . भरतपुरखोर तृतीय भएको छ ।

त्यसैगरि हाजिरी जवाफ प्रतियोगितामा एपेक्स एकेडेमी गौशाला प्रथम , श्री मोडर्न शारदा शिक्षा शिशु सदन रजखोर  द्वितीय र श्री मा.वि . फुलकाहा  र  रामजानकी इंगलिस बोर्डिंग स्कुल तृतीय भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित मधेश प्रदेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साहले गौशालामा यस्ता किसिममा प्रतियोगिताले खेलकुद विकासमा जोड दिने भएकोले आयोजक पक्षलाई धन्यवाद व्यक्त गरे । खेलकुदले भाइचारा सम्बन्ध स्थापितसँगै अनुशासन कायम गर्न समेत  उत्तिकै  प्रभावकारी भुमिका निर्वाह गर्ने उनको भनाई थियो। खेलकुदको सहयोगका लागि प्रदेश सरकार साथ सहयोग दिन तयार रहेको पनि उनले बताए।

त्यस्तै कार्यक्रममा सहयोगीका रुपमा उपस्थित युवा नेता अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साहले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै अहिले खेलकुद व्यवसायिक समेत बन्दै गएको बताए। उनले खेलले बालबालिकाको मानसिक , शारीरिक , बौद्धिक विकासमा सघाउ पुर्याउने भएकोले खेलकुदको निकै महत्व रहेको बताए ।

कार्यक्रमका संयोजक राम उमेश यादवले ‘स्वास्थ्य रहन जीवनका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित भएको खेलकुद प्रतियोगिता सफल बनाउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले