गौशालामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक चेकजाँचमा कडाई

2 वर्ष पहिले प्रकाशित

(2081-08-11 B.S.)

661 पटक देखिएको

Bhagyarekha Thakur

ममता शर्मा , महोत्तरी ।

ट्राफिक प्रहरीले गौशालामा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको गौशाल ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव रमेश कुमार श्रेष्ठले बताए । दुर्घटना बढ्नुमा यात्रु, चालक र सबै निकायको भूमिका हुने गरेको श्रेष्ठको भनाई छ ।

‘पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ’, उनले भने, ‘ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।’ उनका अनुसार गौशालामा बिना हेलमेट यात्रा गर्ने , तिनजना सम्म सवारी साधनमा बस्ने गरेको र तिब्र गतिमा समेत सवारी साधन चलाउने गरेको पाइएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी नायव निरीक्षक श्रेष्ठले बताए ।

ट्राफिक प्रहरीले मात्र नियमको पालना गराएर मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न गाह्रो हुने उनको भनाइ छ । उनका अनुसार जीर्ण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, अस्वस्थ प्रतिस्पर्धाका कारण सडक दुर्घटना बढिरहेका छन् । तसर्थ दुर्घटना न्यूनीकरणको लागि ट्राफिक नियमको पालना गराउने, जनचेतनामूलक कार्यक्रम बढाउने, सम्बन्धित निकायहरूसँग समन्वय गरी सडक निर्माण, चालक, सह–चालक लक्षित सचेतना, ओभर लोड नियन्त्रण गर्ने लगायतका कार्यहरु गर्न जरुरि रहेको श्रेष्ठको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले