एक्कासि आगो लाग्दा महोत्तरीमा भयो लाखौँको क्षति , स्थानीयहरु त्रसित

2 वर्ष पहिले प्रकाशित

(2081-09-13 B.S.)

1874 पटक देखिएको

Bhagyarekha Thakur

ममता शर्मा , महोत्तरी

महोत्तरीमा एक्कासी आगो लाग्दा लाखौँको क्षति भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ६ फुलकाहा स्थित गाउँ भन्दा केहि पर रहेको उखु खेत र परालमा गत आइतबार ७ गते आगलागी भएको हो । आइतबार देखि हिजो अस्तिसम्म पनि एक पछी अर्को व्यक्तिको खेतमा आगलागी भएको स्थानीयको भनाई छ ।

करिब १५-१६ जना किसानको करिब ७ बिघा खेतमा आगलागी हुँदा ३०-३५ लाखको क्षति भएको स्थानीय गौशाला -६ फुलकाहा निवासी विरेन्द्र कुमार साहको भनाई छ। आगो ७ गते आइतबार मेरो उखुको खेतमा करिब ११ बजेतिर लाग्यो उनि भन्छन , “म खेतमै काम गरिरहेको थिए। अचानक खेतमा आगो सल्कियो । वरपरका मान्छेहरुलाई हार गुहार गरे । अनि सबै स्थानीय साथिभाईहरु आएर निभाउने प्रयास गरे । त्यतिन्जेल पुरा खेत जलिसकेको थियो ।४/५ घण्टा सम्म आगो लाग्यो ।बल्ल पछी निभ्यो ।”

विरेन्द्र कुमार साहको खेतमा आगलागी भएको भोलि पल्ट स्थानीय राम छवीलाल यादवको खेतमा राखेको परालको टालमा आगलागी भयो । लगत्तै स्थानीय सरद यादवको खेतमा आगलागी भयो । यस्तै गरेर हिजो अस्तिसम्म एक पछी अर्को गर्दै १५-१६ जना किसानको उखुको खेत र परालमा आगलागी भएको स्थानीय सरद यादवको भनाई छ । अचानक एक पछी अर्को खेतमा दिनहु जसो आगो लाग्न थाल्यो , यादव भन्छन , “ हामीलाई आगो लागेको समयमा जानकारी भएन । कुनै खेतमा दिउसो नै आगो लागेको छ भने कुनै खेतमा रातिको समयमा आगो लाग्यो ।हामीले आगो लाग्दा स्थानीय र रामगोपालपुर नगरपालिकाको र बर्दिबास नगरपालिकाको वारुण यन्त्र बोलाएर आगो नियन्त्रणमा लिइएको थियो ।

आगो लगाएको कोहि कसैले पनि नदेखेकोले कुनै व्यक्तिले आगो लगाएको भन्न नसकिने सरद यादवको भनाई छ । यद्धपि आगलागीबाट किसानको लाखौँको क्षति हुन गएकोले स्थानीय सरकारले सहयोगको पहल गर्नुपर्ने उनको माग छ ।

दैवीय शक्ति बिग्रेर आगो लागेको हुन सक्ने अनुमान

फुलकाहा वासीले करिब ४-५ महिना अगाडी महारानी माईको यज्ञ (विशेष पुजा) गर्ने संकल्प गरेका थिए तर हालसम्म सो हुन सकेको छैन । जसको कारणले दैवीय शक्तिले रिसमा त्यो सव गरेको हुन सक्ने स्थानीय युवा रोहित यादवको भनाई छ । एक्कासी आगो लाग्नु र कसैले लगाएको प्रमाण नहुनुले दैवीय शक्ति बिग्रेर यस्तो भएको हुन सक्ने स्थानीयहरुको भनाई छ ।

पुर्व गृह मन्त्री साहद्वारा अनुगमन

शनिबार मधेश प्रदेश सभा सदस्य तथा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साह लगायत उनका कार्यकर्ता सहितको टोलीले अनुगमन गरेका छन् । आगलागी भएको स्थान उखु खेतहरुमा पुर्व मन्त्री गएर अनुगमन गरेका छन् भने किसानहरुले आफ्नो समस्या र गुनासो मन्त्री समक्ष व्यक्त गरेका थिए । पुर्व मन्त्री साहले यस्तो किसिमको घटनाले फुलकाहा बासी त्रसित भएकोमा दु:ख व्यक्त गरेका छन् । यस्तो घटना आगामी दिनमा हुन नदिनको लागि स्थानीय सरकारले चासो लिनुपर्ने , प्रहरी प्रशासनले सुरक्षा दिनुपर्ने र किसानहरु आफु पनि सचेत भएर कृषि कर्म गर्नुपर्ने साहले बताए । दैवीय शक्तिकै कारणले यस्तो भएको हो भनेर यकिन भने गर्न नसकिने उनको भनाई छ । साथै साहले आगलागीबाट भएको क्षतिपूर्तिको लागि सम्बन्धि निकाय सँग आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..