एक्कासि आगो लाग्दा महोत्तरीमा भयो लाखौँको क्षति , स्थानीयहरु त्रसित

1 वर्ष पहिले प्रकाशित

(2081-09-13 B.S.)

1532 पटक देखिएको

Mamata Sharma

ममता शर्मा , महोत्तरी

महोत्तरीमा एक्कासी आगो लाग्दा लाखौँको क्षति भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ६ फुलकाहा स्थित गाउँ भन्दा केहि पर रहेको उखु खेत र परालमा गत आइतबार ७ गते आगलागी भएको हो । आइतबार देखि हिजो अस्तिसम्म पनि एक पछी अर्को व्यक्तिको खेतमा आगलागी भएको स्थानीयको भनाई छ ।

करिब १५-१६ जना किसानको करिब ७ बिघा खेतमा आगलागी हुँदा ३०-३५ लाखको क्षति भएको स्थानीय गौशाला -६ फुलकाहा निवासी विरेन्द्र कुमार साहको भनाई छ। आगो ७ गते आइतबार मेरो उखुको खेतमा करिब ११ बजेतिर लाग्यो उनि भन्छन , “म खेतमै काम गरिरहेको थिए। अचानक खेतमा आगो सल्कियो । वरपरका मान्छेहरुलाई हार गुहार गरे । अनि सबै स्थानीय साथिभाईहरु आएर निभाउने प्रयास गरे । त्यतिन्जेल पुरा खेत जलिसकेको थियो ।४/५ घण्टा सम्म आगो लाग्यो ।बल्ल पछी निभ्यो ।”

विरेन्द्र कुमार साहको खेतमा आगलागी भएको भोलि पल्ट स्थानीय राम छवीलाल यादवको खेतमा राखेको परालको टालमा आगलागी भयो । लगत्तै स्थानीय सरद यादवको खेतमा आगलागी भयो । यस्तै गरेर हिजो अस्तिसम्म एक पछी अर्को गर्दै १५-१६ जना किसानको उखुको खेत र परालमा आगलागी भएको स्थानीय सरद यादवको भनाई छ । अचानक एक पछी अर्को खेतमा दिनहु जसो आगो लाग्न थाल्यो , यादव भन्छन , “ हामीलाई आगो लागेको समयमा जानकारी भएन । कुनै खेतमा दिउसो नै आगो लागेको छ भने कुनै खेतमा रातिको समयमा आगो लाग्यो ।हामीले आगो लाग्दा स्थानीय र रामगोपालपुर नगरपालिकाको र बर्दिबास नगरपालिकाको वारुण यन्त्र बोलाएर आगो नियन्त्रणमा लिइएको थियो ।

आगो लगाएको कोहि कसैले पनि नदेखेकोले कुनै व्यक्तिले आगो लगाएको भन्न नसकिने सरद यादवको भनाई छ । यद्धपि आगलागीबाट किसानको लाखौँको क्षति हुन गएकोले स्थानीय सरकारले सहयोगको पहल गर्नुपर्ने उनको माग छ ।

दैवीय शक्ति बिग्रेर आगो लागेको हुन सक्ने अनुमान

फुलकाहा वासीले करिब ४-५ महिना अगाडी महारानी माईको यज्ञ (विशेष पुजा) गर्ने संकल्प गरेका थिए तर हालसम्म सो हुन सकेको छैन । जसको कारणले दैवीय शक्तिले रिसमा त्यो सव गरेको हुन सक्ने स्थानीय युवा रोहित यादवको भनाई छ । एक्कासी आगो लाग्नु र कसैले लगाएको प्रमाण नहुनुले दैवीय शक्ति बिग्रेर यस्तो भएको हुन सक्ने स्थानीयहरुको भनाई छ ।

पुर्व गृह मन्त्री साहद्वारा अनुगमन

शनिबार मधेश प्रदेश सभा सदस्य तथा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साह लगायत उनका कार्यकर्ता सहितको टोलीले अनुगमन गरेका छन् । आगलागी भएको स्थान उखु खेतहरुमा पुर्व मन्त्री गएर अनुगमन गरेका छन् भने किसानहरुले आफ्नो समस्या र गुनासो मन्त्री समक्ष व्यक्त गरेका थिए । पुर्व मन्त्री साहले यस्तो किसिमको घटनाले फुलकाहा बासी त्रसित भएकोमा दु:ख व्यक्त गरेका छन् । यस्तो घटना आगामी दिनमा हुन नदिनको लागि स्थानीय सरकारले चासो लिनुपर्ने , प्रहरी प्रशासनले सुरक्षा दिनुपर्ने र किसानहरु आफु पनि सचेत भएर कृषि कर्म गर्नुपर्ने साहले बताए । दैवीय शक्तिकै कारणले यस्तो भएको हो भनेर यकिन भने गर्न नसकिने उनको भनाई छ । साथै साहले आगलागीबाट भएको क्षतिपूर्तिको लागि सम्बन्धि निकाय सँग आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले