नागरिकता विधेयकमा पार्टी नेता प्रभु साहको असन्तुष्टि
काठमाडौं ,७ असार २०७७
नागरिकताका सवालमा नेकपा सचिवालयले शनिबार दिउँसो लिएको निर्णयमा नेकपा प्रदेश २ अध्यक्ष तथा सांसद प्रभु साहले असन्तुष्टि जनाएका छन् । नेकपाले विदेशी बुहारीलाई विवाहको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन सक्ने र विदेशी ज्वाँईलाई भने नागरिकता दिन अस्वीकार गर्ने निर्णय गरेको थियो ।
नेकपाको निर्णयसँगै अब यो विषय सहमतिमा भन्दा पनि बहुमत र अल्पमतका आधारमा संसदले निर्णय गर्ने भएको छ । संसदको राज्य व्यवस्था परामर्श समितिको आज दिउँसोको बैठकमै सम्भवत अब मतदान प्रक्रियाबाट यस विषयको विवाद मिलाउने गरी प्रक्रिया अगाडी बढ्ने सम्भावना बढेको छ ।
काँग्रेस र मधेस केन्द्रीत दलले अन्तरिक संविधानको ब्यवस्था अनुसार नै अंगीकृतको ब्यवस्था गर्नुपर्ने मत जाहेर गरिरहेका छन् । तर नेकपाले भने विवाहको ७ वर्षपछि मात्र विदेशी बुहारीलाई नेपालको अंगीकृत नागरिकता दिन सक्ने निर्णय शनिबार गरेको थियो । यो निर्णयलाई केन्द्रीय सदस्य समेत रहेका साहले मधेसी जनताको जनभावना विपरितको निर्णय भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
साहले आइतबार बिहान एक वक्तब्य जारी गर्दै परापूर्व काल देखि चल्दै आएको सम्बन्धलाई बिथोल्ने मात्र नभई मधेसी जनतामाथी अविस्वास र असहयोग गरेको आरोप लगाएका छन् ।
के भने साहले वक्तब्यमा ?
नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलालाई विवाहको ७ वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णय मुलभुत रुपमा मधेशी जनभावना विपरीत छ । ७ वर्ष पछि नागरिकता दिदाँ नेपाली राष्ट्रियता बलियो हुने र विगतमा झैं भारतीय नागरिकता त्यागेपछि नागरिकता दिदाँ राष्ट्रियता कमजोर हुने तर्कमा कुनै तुक देखिदैन ।
यस निर्णयले परापूर्वकालदेखी चल्दै आएको हाम्रो रोटीबेटीको सम्बन्धलाई बिथोल्ने मात्र नभई मधेशी जनतामाथि अविश्वास तथा असहयोग गरेको समेत झल्किनेछ । सहज वैवाहिक सम्बन्धले कहीं कतै राष्ट्रियतामा नै असर र खतरा परिरहेको छैन् । एक त नेपालीहरू अहिले आफैँ विकसित देशहरूमा पलायन भइरहेको र अर्का पहिलेको तुलनामा नेपालमा विवाह गर्ने भारतीय जनताको इच्छा घट्दै गईरहेको सन्दर्भमा यो प्रावधानले मधेशी जनतामा नकारात्मक असर पर्नेछ ।
पार्टीका तराई मधेशका नेताहरुसँगको परामर्शपछि अन्तिम निष्कर्षमा पुग्दा राम्रो हुने देखिन्छ । त्यसैले यो निर्णयलाई पुर्नविचार गर्न पार्टी नेतृत्वको समयमैं गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments