वन डढेलो नियन्त्रण गर्न कार्य योजना बनाउँदै डिभिजन वन कार्यालय

10 महीना पहिले प्रकाशित

(2081-11-09 B.S.)

615 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन ९ गते
महोत्तरीको टुटेश्वर सव - डिभिजन वन कार्यालयको आयोजनामा शुक्रबार गोष्ठी सम्पन्न भएको छ। यो गोष्ठी महोत्तरी वन डिभिजन कार्यालयका प्रमुख डेफो अजय कुमार मिश्रको प्रमुख आतिथ्यमा भएको हो।
गोष्ठीमा वनको आगामी योजनाबारे व्यापक छलफल गरिएको छ। विशेष गरी वनलाई डढेलोबाट कसरी बचाउने भन्ने विषयमा गम्भीर छलफल भएको छ। सहभागीहरूले डढेलो नियन्त्रणका लागि प्रभावकारी उपायहरूमा ध्यान केन्द्रित गर्दै फायरलेन निर्माण र अन्य प्राथमिकता योजनाबारे चर्चा गरेका छन्।

गोष्ठीमा उपस्थित सबै वक्ताहरूले चार महिनामा वनलाई डढेलोको जोखिमबाट कसरी सुरक्षित राख्ने विषयमा छलफल माग गरेका थिए।
त्यस्तै वन क्षेत्रभित्र वन्यजन्तुको लागि पानीको व्यवस्था गर्ने , पहाडी क्षेत्रमा पहिरोको जोखिमलाई कम गर्नको लागि बृक्षारोपन गर्ने , नदिको छेउमा तटबन्ध गर्ने जस्ता काम गर्नु पर्ने छलफल गरिएको हो ।

कार्यक्रममा वन डिभिजन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्र, टुटेश्वर वन कार्यालयका अध्यक्ष विनय कुमार झा, लक्ष्मिनिया वन कार्यालयका अधिकृत स्वेता झा र सहकार्य गर्ने वन उपभोक्ता समूहका पदाधिकारीहरू उपस्थित थिए।
यस प्रकारको गोष्ठीले वनको संरक्षण र दिगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले