देशकै सबैभन्दा ठुलो पेपर मिलको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
भाग्यरेखा ठाकुर , महोत्तेरी ।
महोत्तरीको गौशालामा देशकै ठुलो पेपर उद्योग आजदेखि संचालनमा आएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं १ रामनगरको इटाटार स्थित नेपाल पेपर एण्ड पल्प इन्डस्ट्रिज प्रा. लि. संचालनमा आएको हो । जसको विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
मिलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो उद्योगले पेपर उत्पादनमा वृद्धि तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उद्योगको दीर्घकालीन सफलताको कामना गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले यस उद्योगले आम्दानीको स्रोत बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , "यो उद्योग राष्ट्रको लागि हो । देशले १९ अर्व जति रकम कागजमा खर्ज गरिरहेको बेलामा यस उद्योगले केहि रकम भएपनि देश बाहिर जान नदिन मदत पुर्याउने छ । रोजगारिको लागि उत्पादनशिलता , उद्यमशिलताको आवश्यकता छ । रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता तब मात्र हट्छ जब यस किसिममा विविध उद्योगहरु संचालन हुन्छन् ।"

साथै प्रधामन्त्री ओलीले यस उद्योगको संचालनले ठुलो संख्यामा रोजगारीको सिर्जना , आर्थिक वृद्धिमा योगदान , नयाँ प्रविधिको प्रयोग र नवप्रवर्तन, निर्यातको अवसर, समाजिक र संरचनात्मक विकास, स्थानीय र अन्तर्राष्ट्रिय सम्बन्धको मजबुती हुने विश्वास व्यक्त गर्नुभयो ।
पेपर मिलको संचालनको उद्देश्यमाथि प्रकाश पार्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पुराना कागजहरु , प्रयोग भइसकेका कागजहरु तथा खेर गएका कागजहरुलाई प्रशोधन गरि नयाँ कागज निर्माण गर्ने उद्देश्य यस उद्योगको रहेको बताउनुभयो । विभिन्न प्रयोजनको लागि स्वदेशमा निर्माण भएको कागजको उपयोगलाई बढाउन यस कम्पनिले थप सहयोग पुर्याउने उहाँको भनाइ छ । जल प्रदुषण , माटो प्रदुषण र वायु प्रदुषणलाई मध्य नजर गर्दै यस उद्योगले स्वदेशमै रोजगारको व्यवस्थामा टेवा पुर्याउने अभिप्राय राखेको जनाइएको छ । नेपालको दोश्रो सबैभन्दा ठुलो कागज निर्माण उद्योगको रुपमा यो मील स्थापित भएको छ । देशको पहिलो ठुलो पेपर मील भृकुटी कारखाना रहेकोमा हाल सो मिल बन्द अवस्थामा रहेको छ ।
ढकालले भन्नुभयो , “नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यस उद्योगले दिने छ । देशमा विद्यमान आर्थिक मन्दीलाई सुधारको निम्ति यसले थप सहयोग पुर्याउने विश्वास मिलले लिएको छ ।” निजि क्षेत्रमा बढी भन्दा बढी लगानी भएमा मात्र लगानीको वातावरण सिर्जना हुने र मुलुक समृद्ध हुने ढकालले बताउनुभयो ।
त्यस्तै कार्याक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशमा अझै यस्ता ठुला उद्योगहरु संचालनको सम्भावना रहेको बताउनुभयो । यस उद्योग मार्फत बेरोजगार महिला तथा पुरुषहरुलाई जोड्न सकियो भने कामको लागि तथा रोजगारीको लागि खाडी मुलुक जानुपर्ने बाध्यतालाई निराकरण गर्न उहाँको भनाई छ । यस्ता उद्योगहरुले मधेश लगायत समग्र देशकै अर्थतन्त्र सुधारको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारी अत्यधिक रुपमा बढ्नु हाम्रो लागि एउटा चुनौतीको रूपमा रहेको बताउदै देशमा साना तथा मझौला, घरेलु, ठुला उद्योगहरुको बढीभन्दा बढी विकास र विस्तारको आवश्यकता रहेको बताउनुभयो । वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै रोजगारी सिर्जना गर्नु आवश्यक रहेको उहाँको भनाई छ । महोत्तरीमा पेपर मिल संचालनमा आएकोमा खुसि व्यक्त गर्दै मन्त्री भण्डारीले यस मिलको माध्यमबाट गाउँका स्थानीय दिदीबहिनीले रोजगारिको अवसर पाउने विश्वास व्यक्त गर्नुभयो ।

आइएमई समूहद्वारा करिब दुई अर्बको लगानीमा सञ्चालन भएको यस मिलमा पुस्तक तथा कापीका लागि आवश्यक कागज उत्पादन हुने जनाइएको छ । १९ बिघा क्षेत्रफलमा फैलिएको यस पेपर मिलमा करिब तिन सय जनाले रोजगारी पाउने भएका छन् । मिलमा दैनिक ७५ टनसम्म कागज उत्पादन गर्न सक्ने क्षमता रहेको छ । नेपालमा वार्षिक करिब एक लाख २५ हजार टन कागज खपत हुने गरेको छ भने धेरैजसो काजग आयात हुने गरेको छ । यस मिलबाट उत्पादन भएको कागजले ३० प्रतिशतभन्दा बढी कागजको आयात प्रतिस्थापन गर्ने विश्वास गरिएको छ ।

मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..
रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..
17 घन्टा पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
18 घन्टा पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
2 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
3 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
5 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
5 दिन पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
18 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
1 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
1 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
1 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 महीना पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपाल..
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्..

कमेन्ट गर्नुहोस्
view comments