अत्यधिक गर्मीका कारण गौशाला बजार सुनसान, व्यापारी चिन्तित
8 महीना पहिले प्रकाशित
(2082-01-19 B.S.)
319 पटक देखिएको
अनिषा कुमारी यादव
गौशाला, महोत्तरी — तराई क्षेत्रमा पछिल्ला दिनहरूमा चर्को गर्मी बढ्दै गएको छ, जसको प्रत्यक्ष असर महोत्तरीको गौशाला बजारमा देखिन थालेको छ। ग्राहकहरूको उपस्थिति न्यून हुँदै जाँदा बजार सुनसान बन्दै गएको छ भने, स्थानीय व्यापारीहरू गम्भीर आर्थिक संकटमा फसेका छन्।
महोत्तरी जिल्लाको गौशाला बजार सर्लाही, धनुषा, महोत्तरी र भारत सीमाका बासिन्दाहरूको किनमेल केन्द्रको रूपमा परिचित छ। यस क्षेत्रमा दैनिक हजारौं ग्राहक आउने गर्दथे, तर अहिले गर्मीका कारण बजारको चहलपहल एक्कासी घटेको छ।एक व्यापारी भन्छन्, “पहिले दिनमा २०–३० हजार रुपैयाँ बराबरको सामान बिक्री हुन्थ्यो। अहिले पाँच हजार पनि मुस्किलले हुन्छ। ग्राहक आउँदैनन्, गर्मीले सबै घरमै छन्। यस्तो अवस्था अझै केही हप्ता रह्यो भने व्यवसाय बन्द गर्नुको विकल्प रहँदैन।”
धेरै व्यापारीहरू अहिले बैंक ऋणको किस्ता तिर्न सकिरहेका छैनन्। आम्दानी नहुँदा घर खर्च, स्टाफको तलब, भाडा, बत्तीपानीदेखि विद्यालय शुल्कसम्म तिर्न गाह्रो परेको व्यापारीहरुको गुनासो छ । यसले व्यापार मात्र होइन, व्यापारी परिवारको दैनिक जीवनमा समेत प्रतिकूल असर पारेको छ।एक स्थानीय महिला व्यवसायी बताउँछिन्, “सानोतिनो व्यापार गरेर छोराछोरी पढाउँदै थिएँ, तर अहिले व्यापार नै ठप्प भएपछि विद्यालय शुल्क तिर्न सक्ने अवस्था छैन।”
व्यापारीहरू अहिले स्थानीय सरकार र प्रशासनसँग राहत र सहुलियतको माग गरिरहेका छन्। उनीहरूको मुख्य मागमा बैंक ब्याजमा सहुलियत, कर छुट, बजार क्षेत्रको सहुलियत समय व्यवस्थापन, ग्राहकलाई आकृष्ट गर्न सहज वातावारण र बिद्युत/पानीको नियमित आपूर्ति रहेको छ।साथै, बजार क्षेत्र वरिपरि छायाँयुक्त विश्रामस्थल, पिउने पानी र स्वच्छता व्यवस्थापन गर्न सकिने हो भने गर्मीमा समेत केही हदसम्म ग्राहक आकृष्ट गर्न सकिने उनीहरूको भनाइ छ।
गर्मीले सिर्जना गरेको संकटले गौशाला बजारको अर्थतन्त्र मात्र होइन, समाजको दैनिक जीवनमै असर पारिरहेको छ। यस्तो अवस्थामा व्यापारीहरूलाई सहज वातावरण बनाउनेतर्फ सरकार र स्थानीय निकायको सक्रिय भूमिका अत्यावश्यक देखिएको छ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
8 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
17 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments