दुर्गम बस्तीको प्रेरणादायक पहल: गौशालाको सामुदायिक विद्यालय जहाँ कठिनाइ हुँदैन
ममता शर्मा
महोत्तरी, जेठ १३ गते
दुर्गम क्षेत्रमा पर्छ भन्ने पहिचान बनाइसकेको गौशालाको श्री राष्ट्रिय आधारभूत विद्यालय (०-५) बडेर्वा अहिले शिक्षा क्षेत्रमा प्रेरणाको केन्द्र बन्दै गएको छ। कक्षा ५ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा शिक्षकको संख्या ५ जना र विद्यार्थी संख्या करिब १३० जना रहेको छ।
विद्यालयका प्रधानाध्यापक गोपाल सिंहका अनुसार विद्यालयको कुनै निश्चित आम्दानीको स्रोत नभए तापनि शिक्षण कार्यमा अहिलेसम्म कुनै कठिनाइ आएको छैन। "हामी समुदाय र शिक्षकहरूको समर्पणले विद्यालयलाई सहज रूपमा संचालन गर्दै आएका छौं," उहाँ बताउनुहुन्छ।
विद्यालय परिसर वरिपरि रोपिएका फलफूलका बोटबिरुवाले विद्यालयको वातावरणलाई हरियाली मात्र होइन, पोषणसम्बन्धी सहयोग पनि पुर्यावउने लक्ष्य राखिएको छ। "बच्चाहरूले समय अनुसार फलफूल खाउन पाउने छन्," सिंह भन्नुहुन्छ ।
उक्त गाउँमा जम्मा १०८ घरपरिवारको बसोबास छ। भौतिक पूर्वाधार अभावका बीच संचालनमा रहेको सामुदायिक विद्यालय यहाँको समुदायका लागि गौरवको विषय बनेको छ। स्थानीय शिक्षकहरू भन्छन्, “हामीले यहाँको बालबालिकालाई पनि गुणस्तरीय शिक्षा दिन सक्छौं भन्ने सन्देश दिन चाहेका हौं।”
हालको परिवेशमा अभिभावकको आकर्षण बोर्डिङ स्कुलतर्फ देखिए पनि सामुदायिक विद्यालयमार्फत पनि उपयुक्त शिक्षा दिन सकिने विश्वास प्रधानाध्यापक सिंह राख्नुहुन्छ। उहाँ भन्छन्, “यदि स्थानीय सरकारको तर्फबाट केही भौतिक सहयोग प्राप्त भयो भने, आवश्यक स्रोत सामग्री व्यवस्थापन गरेर विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सकिन्छ।”
शिक्षा, समर्पण र सामुदायिक सहभागिताको उदाहरण बनेको श्री राष्ट्रिय आधारभूत वि. बडेर्वा दुर्गम बस्तीभित्रको उज्यालो भविष्यको संकेत हो।
“विद्यालय सानो छ, विद्यार्थी कम छन्, शिक्षक पनि जम्मा पाँच जना मात्र। तर हाम्रो हिम्मत ठूलो छ,” उहाँले भन्नुभयो। हामीले यी विरुवाहरू रोपेर मात्र होइन, हाम्रा विद्यार्थीहरूमा पनि भविष्यको बीउ रोपिरहेका छौं।”
विद्यालयमा अहिले करिब १३० जना विद्यार्थी अध्ययनरत छन्। स्थानीय १०८ घरपरिवारका लागि यो विद्यालय केवल पढ्ने ठाउँ होइन, आशाको केन्द्र हो। भौतिक पूर्वाधार त छैन, न त सरकारी सहयोगले भरिएको छ, तर शिक्षकहरूको समर्पण भने अपार छ।
“गुणस्तर शिक्षाको कुरा बोर्डिङ वा सामुदायिक होइन, शिक्षक र व्यवस्थापनको हो। हाम्रा बालबालिकालाई यहींबाट राम्रो शिक्षा दिन सकिन्छ।”उहाँ भन्नुहुन्छ ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
16 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..

कमेन्ट गर्नुहोस्
view comments