सोनमामा गाउँपालिका अध्यक्षद्वारा कृषि सडकको शिलान्यास
निरन्जन कुमार साह
महोत्तरी, जेठ १६ गते ।
सोनमा गाउँपालिका वडा नं. २ स्थित एक महत्वपूर्ण कृषि सडकको शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले औपचारिक रूपमा उक्त आयोजनाको शुभारम्भ गर्दै कृषि क्षेत्रमा पूर्वाधार विकासले दीर्घकालीन फाइदा पुर्याउने विश्वास व्यक्त गरे।
सडक निर्माणका लागि गाउँपालिकाले रु. २ लाख बजेट विनियोजन गरेको छ। कार्यक्रमका क्रममा अध्यक्ष यादवले भने, “कृषकहरूले उत्पादन गरे पनि बजारसम्म सहज पहुँच नहुनु ठूलो चुनौती हो। यो सडक निर्माणपछि कृषकले समयमै आफ्ना उत्पादन बेच्न पाउनेछन्, जसले आयमा वृद्धि ल्याउनेछ।”
कार्यक्रममा अनिल कुमार यादव, अन्य स्थानीय जनप्रतिनिधि, समाजसेवी, कृषक समूह तथा युवाहरूको उपस्थिति थियो। सबैले सडक निर्माणलाई ग्रामीण विकासका लागि अत्यन्त आवश्यक कदमको रूपमा स्वागत गरे।सडक निर्माणपछि यस क्षेत्रका कृषकहरूले सहज रूपमा मल, बीउ, उपकरणजस्ता सामग्री प्राप्त गर्न सक्नेछन्। साथै उत्पादनलाई बजारसम्म लान सहज भएकाले बिचौलियाको निर्भरता घट्ने र कृषकलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ।
अध्यक्ष यादवले भने , “गाउँमा यस्ता विकास आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके, केन्द्र र प्रदेश सरकारको योजना सफल हुने मात्र होइन, स्थानीय जनताको विश्वास पनि बढ्नेछ।”कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले सडक निर्माणसँगै सिंचाइ सुविधा, कृषि तालिम, प्रविधि हस्तान्तरण, र कृषकलाई सुलभ ऋण प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले बस्तीको दिगो विकासका लागि एकीकृत योजना आवश्यक रहेको धारणा राखे।
गाउँपालिकाले आगामी वर्षहरूमा थप कृषि सडकहरू, सिँचाइ आयोजना तथा कृषिसम्बन्धी व्यवसायिक तालिममार्फत कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको जानकारी पनि कार्यक्रममा दिइयो।यो आयोजना सोनमा गाउँपालिकाभित्र ग्रामीण भौतिक पूर्वाधार सुधारको दिशामा उठाइएको एउटा महत्वपूर्ण कदम हो, जसले आगामी दिनमा समग्र गाउँ विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments