गौशालामा जिउँदै मान्छेको शरीरमा पेट्रोल छर्केर आगो लागाउने व्यक्ति पक्राउ

5 महीना पहिले प्रकाशित

(2082-04-01 B.S.)

2115 पटक देखिएको

महोत्तरी, साउन १ गते  ।

महोत्तरीको गौशालामा आफ्नै छिमेकीलाई पेट्रोल छर्केर आगो लगाउने व्यक्ति पक्राउ परेका छन् । गत असार २६ गते बिहिबार दिउँसै गौशाला नगरपालिका वडा नं. ४ रजखोर निवासी करिब ३० वर्षीय सुरेन्द्र साहले छिमेकी करिब ५० वर्षीय बलीराम साहलाई पेट्रोल छर्केर शरीरमा आगजनी गरेर फरार भएका थिए ।उनलाई बिहिबार भारतबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

सुरेन्द्र साहले गत विहिबार बलिराम साह आफ्नो घरको केहि पर रहेको रुखमुनि राखिएको खाटमा सुतिरहेका बखत अचानक पेट्रोल छर्केर आगो लगाइदिएको बलिराम साहको श्रीमती कुमारी देवीले बताइन । उनले भनिन्, “दिउँसोको ११ बजेको समयमा सुरेन्द्रले मेरो श्रीमान्को शरीरमा आगो लगाईदिए । वरपर कोहि थिएनन् । नजिकमै रहेको पसलमा बसिरहेको एउटा बालकले देखेपछी निभाउने प्रयास गरे तर नसकेपछी हार गुहार गरे । होहल्ला मच्चिए पछी हामीले थाहा पायौ । आगो लगाउने आफ्नो बाइक त्यहि छोडेर व्यक्ति भागिसकेको थियो ।”

आगोले जलेर गम्भीर घाइते साहलाई नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारको लागि काठमाडौं लागिएको थियो । बिहिबार चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दोषी सुरेन्द्र साह दुई महिनाअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए र उनी लागूपदार्थ दुर्व्यसनमा संलग्न रहेको छरछिमेकले बताएका छन्। सुरेन्द्रले नशा गर्ने गरेको र छरछिमेकी झैँझगडा समेत गर्ने गरेको गाउँका एक युवाले बताए । उनले भने, नशामा सुरेन्द्र साहले बलिरामलाई आगो लगाएका थिए । यसरि लागुपदार्थ दुर्व्यसन गरेर अप्रिय घटना घट्नुले जनसमुदायमा त्रास फैलिएको छ ।

मृतक बलिरामकि श्रीमती कुमारी देवीले  दोषीमाथि कडाभन्दा कडा कारवाहीले माग गरेकी छिन् । मृतक बलिराम साहको दुई छोरा, दुई छोरी र श्रीमती छन् ।  

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले