गौशालामा जिउँदै मान्छेको शरीरमा पेट्रोल छर्केर आगो लागाउने व्यक्ति पक्राउ

1 वर्ष पहिले प्रकाशित

(2082-04-01 B.S.)

2453 पटक देखिएको

महोत्तरी, साउन १ गते  ।

महोत्तरीको गौशालामा आफ्नै छिमेकीलाई पेट्रोल छर्केर आगो लगाउने व्यक्ति पक्राउ परेका छन् । गत असार २६ गते बिहिबार दिउँसै गौशाला नगरपालिका वडा नं. ४ रजखोर निवासी करिब ३० वर्षीय सुरेन्द्र साहले छिमेकी करिब ५० वर्षीय बलीराम साहलाई पेट्रोल छर्केर शरीरमा आगजनी गरेर फरार भएका थिए ।उनलाई बिहिबार भारतबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

सुरेन्द्र साहले गत विहिबार बलिराम साह आफ्नो घरको केहि पर रहेको रुखमुनि राखिएको खाटमा सुतिरहेका बखत अचानक पेट्रोल छर्केर आगो लगाइदिएको बलिराम साहको श्रीमती कुमारी देवीले बताइन । उनले भनिन्, “दिउँसोको ११ बजेको समयमा सुरेन्द्रले मेरो श्रीमान्को शरीरमा आगो लगाईदिए । वरपर कोहि थिएनन् । नजिकमै रहेको पसलमा बसिरहेको एउटा बालकले देखेपछी निभाउने प्रयास गरे तर नसकेपछी हार गुहार गरे । होहल्ला मच्चिए पछी हामीले थाहा पायौ । आगो लगाउने आफ्नो बाइक त्यहि छोडेर व्यक्ति भागिसकेको थियो ।”

आगोले जलेर गम्भीर घाइते साहलाई नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारको लागि काठमाडौं लागिएको थियो । बिहिबार चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दोषी सुरेन्द्र साह दुई महिनाअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए र उनी लागूपदार्थ दुर्व्यसनमा संलग्न रहेको छरछिमेकले बताएका छन्। सुरेन्द्रले नशा गर्ने गरेको र छरछिमेकी झैँझगडा समेत गर्ने गरेको गाउँका एक युवाले बताए । उनले भने, नशामा सुरेन्द्र साहले बलिरामलाई आगो लगाएका थिए । यसरि लागुपदार्थ दुर्व्यसन गरेर अप्रिय घटना घट्नुले जनसमुदायमा त्रास फैलिएको छ ।

मृतक बलिरामकि श्रीमती कुमारी देवीले  दोषीमाथि कडाभन्दा कडा कारवाहीले माग गरेकी छिन् । मृतक बलिराम साहको दुई छोरा, दुई छोरी र श्रीमती छन् ।  

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले