वातावरण संरक्षणका लागि गौशालामा वृक्षारोपण
1 वर्ष पहिले प्रकाशित
(2082-04-13 B.S.)
709 पटक देखिएको
गौशाला, साउन १३ गते ।
वातावरण संरक्षणको उद्देश्यसहित महोत्तरीको गौशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। गौशाला नगरपालिका वडा नं. ४ स्थित जिरोमाइलदेखि उत्तर रामनगरसम्मको सडक खण्डमा वृक्षारोपण गर्न थालिएको हो।
कार्यक्रमको उद्घाटन मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले एक बिरुवा रोपेर गरेका थिए। उनले वातावरण जोगाउनु सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै, "हरेक वर्ष वृक्षारोपण गरेर हरियाली वातावरण बनाउनु हाम्रो मुख्य उद्देश्य हो," भन्ने बताए।साथै, स्थानीय युवा र बालबालिकालाई पनि वृक्षारोपणमा जोडेर वातावरणप्रतिको उत्तरदायित्वबोध गराउने प्रयास गर्नुपर्छ मन्त्रि साहले बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख अजय कुमार मिश्रले पनि एक बिरुवा रोपेर वातावरणीय सन्तुलन कायम राख्ने सन्देश दिएका थिए। त्यस्तै, टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष बिनय कुमार झाले हरियाली वातावरण जोगाउन वृक्षारोपण आवश्यक रहेको बताए।
डिभिजन वन कार्यालय महोत्तरी र टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको सहकार्यमा गौशाला–सम्सी सडक खण्डको दुबै किनारमा करिब ७ किलोमिटर क्षेत्रमा १५०० बिरुवा रोप्ने अभियान सुरु गरिएको छ।
यस वृक्षारोपण अभियानले जलवायु परिवर्तन, वायू प्रदूषण तथा भूमिक्षय जस्ता चुनौतीहरूको समाधानतर्फ एक सकारात्मक कदम हुने आयोजकहरूको विश्वास छ।
समूहका अध्यक्ष बिनय कुमार झाले वृक्षारोपणलाई मौसमी कार्यक्रम होइन, दिगो वातावरणीय आन्दोलनको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा माओवादी पार्टीका केन्द्रीय नेता सूर्यनारायण साह, विजय साह, श्री किशोर साहलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments