रामगोपालपुरमा नेपाली कांग्रेस परित्याग गर्दै १०० जनाको माओवादी केन्द्र प्रवेश

1 वर्ष पहिले प्रकाशित

(2082-04-23 B.S.)

1040 पटक देखिएको

महोत्तरी, साउन २३ गते ।
शुक्रबार एक औपचारिक समारोहका बीच महोत्तरीको रामगोपालपुर नगरपालिका–४ मा नेपाली कांग्रेस पार्टी परित्याग गर्दै करिब १०० जना नागरिकहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सक्रिय नेता तथा रामगोपालपुर वडा नं. ४ का वडा कार्यालय भवनका जग्गा दाता नगेन्द्र महतोको नेतृत्वमा भएको उक्त सामूहिक प्रवेशलाई माओवादी पार्टीले ठूलो उपलब्धि मानेको छ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साह प्रमुख अतिथि थिए। उनले पार्टीमा प्रवेश गर्ने सबैलाई माला र अबिर लगाई पार्टीमा स्वागत गरेका थिए। नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता सुर्यनारायण साहले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीको मार्गदर्शन, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रमको अध्यक्षता रामगोपालपुर नगरकमिटी अध्यक्ष रामपदारत मण्डलले गरेका थिए।

कार्यक्रममा विशेष अतिथि लालेंद्र मण्डल, अरविन्द दास, रामगोपालपुरका पूर्व मेयर अशोक मण्डल, पूर्व उपमेयर सिता देवी, रैजु साह लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगेन्द्र महतोले भने,"नेपाली कांग्रेसको स्थानीय तहमा बढ्दो गुटबन्दी, जनताप्रति गैरजिम्मेवार रवैया र नेतृत्वको बेवास्ताले गर्दा हामीले वैकल्पिक शक्तिको रुपमा माओवादी केन्द्र रोजेका हौं।"उनका अनुसार पार्टी परित्याग गर्नेहरूको समूहमा स्थानीय समाजसेवी, युवा, किसान, महिला र बुद्धिजीवी वर्गका व्यक्तिहरू समेत रहेका छन्।

कार्यक्रममा माओवादी नेताहरूले रामगोपालपुर क्षेत्रमा संगठन विस्तारका लागि यो प्रवेश ऐतिहासिक कदम भएको जनाउँदै आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरेका थिए। त्यस्तै पूर्व अर्थमन्त्री भरत प्रसाद साहले भने,"आजको यो कार्यक्रम रामगोपालपुरमा मात्रै होइन, सम्पूर्ण मधेशमा जनताको भरोसा माओवादीप्रति बढ्दो संकेत हो। हामी सबै मिलेर नयाँ परिवर्तनको यात्रा अघि बढाउँछौं।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले