गौशालामा दुध नाप्ने नयाँ उपकरणसहित डेरीको उद्घाटन
5 महीना पहिले प्रकाशित
(2082-04-30 B.S.)
894 पटक देखिएको
निरन्जन कुमार साह
गौशाला ,साउन ३० गते ।
महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा नव जीवन साना किसान कृषि सहकारी संस्थाले दुध संकलन केन्द्रसहितको डेरी सञ्चालनमा ल्याएको छ। सहकारीले विश्व बैंकको आर्थिक सहयोगमा, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित रिड आयोजना र आर्थिक कोरिडोरको सहकार्यमा डेरी स्थापना गरेको हो।
डेरीको उद्घाटन दुधको फ्याट नापेर मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष रामरतन रायले किसानको दुध उचित मूल्यमा संकलन र समयमै भुक्तानी गर्नु संस्थाको मुख्य उद्देश्य भएको बताए।
माओवादी केन्द्रका केन्द्रीय नेता सूर्यनारायण साहले डेरी किसानको आर्थिक उपलब्धिका लागि महत्त्वपूर्ण कदम भएको उल्लेख गर्दै सहुलियतमा सामग्री वितरण र नयाँ योजनाहरू ल्याइने जानकारी दिए। यो भन्दा अगाडी संस्थाले किसानलाई ७७ वटा भैंसी वितरण गरिसकेको छ।
आर्थिक कोरिडोर बर्दिवासका प्रमुख राजेश साहले भैंसी वितरण र दुध संकलनबाट किसानलाई स्थायी आम्दानीको स्रोत विकास गर्न सहकारी सक्षम भएको बताए।
संस्थाका सल्लाहकार डा. सुरेन्द्र यादवले शहरको पैसा गाउँमा ल्याउन र देशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता दिगो व्यवसाय आवश्यक रहेको उल्लेख गरे ।
पूर्व मन्त्री साहले नयाँ फ्याट नाप्ने उपकरणको प्रयोगले किसानलाई ठगीबाट जोगाउने र बिचौलियाको अन्त्य गर्ने विश्वास व्यक्त गरे। उनले ३६% ब्याजदरको अन्त्य गर्दै सहकारीलाई रिसोर्स सेन्टरको रूपमा विस्तार गर्नु सकारात्मक कदम भएको बताए।
यो डेरीले किसानको दुधलाई समयमै उचित मूल्यमा खरिद गर्ने, फ्याटको आधारमा मूल्य निर्धारण गर्ने र गाउँमै आम्दानीका अवसर सृजना गर्ने अपेक्षा राखिएको छ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
16 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments