गौशालामा दुध नाप्ने नयाँ उपकरणसहित डेरीको उद्घाटन
1 वर्ष पहिले प्रकाशित
(2082-04-30 B.S.)
1147 पटक देखिएको
निरन्जन कुमार साह
गौशाला ,साउन ३० गते ।
महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा नव जीवन साना किसान कृषि सहकारी संस्थाले दुध संकलन केन्द्रसहितको डेरी सञ्चालनमा ल्याएको छ। सहकारीले विश्व बैंकको आर्थिक सहयोगमा, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित रिड आयोजना र आर्थिक कोरिडोरको सहकार्यमा डेरी स्थापना गरेको हो।
डेरीको उद्घाटन दुधको फ्याट नापेर मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष रामरतन रायले किसानको दुध उचित मूल्यमा संकलन र समयमै भुक्तानी गर्नु संस्थाको मुख्य उद्देश्य भएको बताए।
माओवादी केन्द्रका केन्द्रीय नेता सूर्यनारायण साहले डेरी किसानको आर्थिक उपलब्धिका लागि महत्त्वपूर्ण कदम भएको उल्लेख गर्दै सहुलियतमा सामग्री वितरण र नयाँ योजनाहरू ल्याइने जानकारी दिए। यो भन्दा अगाडी संस्थाले किसानलाई ७७ वटा भैंसी वितरण गरिसकेको छ।
आर्थिक कोरिडोर बर्दिवासका प्रमुख राजेश साहले भैंसी वितरण र दुध संकलनबाट किसानलाई स्थायी आम्दानीको स्रोत विकास गर्न सहकारी सक्षम भएको बताए।
संस्थाका सल्लाहकार डा. सुरेन्द्र यादवले शहरको पैसा गाउँमा ल्याउन र देशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता दिगो व्यवसाय आवश्यक रहेको उल्लेख गरे ।
पूर्व मन्त्री साहले नयाँ फ्याट नाप्ने उपकरणको प्रयोगले किसानलाई ठगीबाट जोगाउने र बिचौलियाको अन्त्य गर्ने विश्वास व्यक्त गरे। उनले ३६% ब्याजदरको अन्त्य गर्दै सहकारीलाई रिसोर्स सेन्टरको रूपमा विस्तार गर्नु सकारात्मक कदम भएको बताए।
यो डेरीले किसानको दुधलाई समयमै उचित मूल्यमा खरिद गर्ने, फ्याटको आधारमा मूल्य निर्धारण गर्ने र गाउँमै आम्दानीका अवसर सृजना गर्ने अपेक्षा राखिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments