नेपालमै पहिलोपटक मधेश प्रदेश सरकारले सुधार केन्द्र सञ्चालनमा ल्यायो
4 महीना पहिले प्रकाशित
(2082-04-31 B.S.)
1370 पटक देखिएको
निरञ्जन कुमार साह
गौशाला, साउन ३१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–८ स्थित सोनी खोलाको किनारमा नेपालकै पहिलो सरकारी स्वामित्वको सुधार केन्द्र शनिबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। उद्घाटन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेका हुन् ।
यो केन्द्र स्थापना गर्ने पहल २०७८ माघ २८ गते तत्कालीन गृह, सञ्चार तथा कानुन मन्त्री भरतप्रसाद साहले गरेका थिए। झन्डै ८४ लाख लागतमा निर्माण भएको केन्द्रको सिलान्यास साहकै हातबाट भएको थियो। मन्त्री साहले उद्घाटन कार्यक्रममा भने, "युवाहरूमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसन रोकथामका लागि सुधार केन्द्र अपरिहार्य भएको हो। यसलाई समयमै नियन्त्रण नगर्ने हो भने देशमै गम्भीर संकट उत्पन्न हुनसक्छ ।"

हाल ३५ बेड क्षमताको यो सुधार केन्द्रलाई क्रमशः १०० बेडसम्म विस्तार गर्ने योजना रहेको र विपन्न, गरिब तथा दलित समुदायका लागि पूर्ण निःशुल्क सेवा उपलब्ध गराइने मन्त्री साहले जानकारी दिए। साथै उनले भने, "यी कार्यहरूले समाजमा अन्धकारबाट उज्यालोतर्फ फर्काउने बाटो खोल्छन्। यदि राज्यका अगुवाहरूले यस्तो दयालु कार्य निरन्तर गर्दै गए भने, देशमा नयाँ पुस्ता स्वस्थ, सक्षम र उज्ज्वल भविष्य निर्माण गर्नेछ।"
मन्त्री लेखीले भने,“यो काम मधेश प्रदेशकै गौरव हो। यसलाई अझ प्रभावकारी बनाएर देशकै नमुना सुधार केन्द्रको रूपमा स्थापना गर्ने हाम्रो प्रतिबद्धता छ। आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्नेछौं । साथै यो सुधार केन्द्रको लागि एक चार चके गाडी पनि आब्यस्क्ता रहेको छ यो पनि छिटै दिने उनले बताए ।"
गौशालाका नगरप्रमुख डा. दिपेन्द्र महतोले नगरपालिकाबाट हालै मात्र २५ लाख रुपैयाँको बजेट विनियोजन गरी भौतिक संरचना निर्माणमा सहयोग गरिएको जानकारी दिँदै भने,“यो सुधार केन्द्र गौशालाको मात्र नभई समग्र देशकै सम्पत्ति हो। यसलाई निरन्तर सहयोग गर्ने जिम्मेवारी मेरो रहनेछ।"
कार्यक्रममा मन्त्री लेखी र पूर्व मन्त्री साहका साथै गौशालाका पूर्व नगरप्रमुख शिवनाथ महतो, वर्तमान नगरप्रमुख डा. दिपेन्द्र महतो, १२ वटै वडाका अध्यक्ष र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
16 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments