महोत्तरीमा YCL नेपालद्वारा १५०० बिरुवा रोपण

4 महीना पहिले प्रकाशित

(2082-05-02 B.S.)

792 पटक देखिएको

Niranjan Kumar Sah

निरञ्जन कुमार साह
गौशाला, भदौ २ गते ।
महोत्तरीको रामगोपालपुरमा सोमबार युवा कम्युनिष्ट लिग (YCL) नेपालले १५०० बिरुवा रोप्दै हरियाली अभियान सञ्चालन गरेको छ। महान् शहीद रामवृक्ष यादवको ३१औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा “संसारका क्रान्तिकारी युवा एक हौँ”, “मार्क्सवाद–लेनिनवाद–माओवादी जिन्दावाद” नारासहित वृक्षारोपण गरिएको हो। माओवादी पार्टीका केन्द्रीय नेता सूर्यनारायण साहले वातावरण संरक्षणलाई YCL नेपालले प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “आजको अभियानले रामगोपालपुर मात्र होइन, सम्पूर्ण महोत्तरीलाई हरियाली र सुरक्षित वातावरणतर्फ अघि बढाउनेछ।”

माओवादी पार्टीका मधेश प्रदेश इन्चार्ज मातृका यादवले जलवायु परिवर्तन विश्वकै ठूलो चुनौती बनेको भन्दै वृक्षारोपण नै यसको प्रमुख समाधान भएको बताए। उनले भने, “एक जना युवाले एक रुख रोप्ने हो भने भविष्य सुरक्षित हुन्छ, यही बाटोमै हाम्रो आगामी पुस्ता बच्नेछ।” मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले समाजमा एक रुख काटेपछि दुई रुख रोप्नु सबैको कर्तव्य रहेको उल्लेख गर्दै नागरिक स्तरमै वातावरण संरक्षणको चेतना फैलाउनुपर्ने बताए।

प्रमुख अतिथि तथा माओवादी पार्टीकी उपाध्यक्ष एवं पूर्व मन्त्री पम्फा भुसालले युवालाई रोजगारी, शिक्षा र स्वास्थ्य सुनिश्चित गरे मात्र देश विकास हुने भन्दै माओवादी पार्टीमार्फत मात्र यो सम्भव रहेको दाबी गरिन्। उनले भनिन्, “आज हामीले रोपेको यो रुख जस्तै पार्टीमा जनता रोप्नुपर्छ। देशको समृद्धिको आधार नै युवा, शिक्षा र रोजगारी हो।” ३१ वर्षअघि शहीद भएका रामवृक्ष यादव मधेशका अग्रणी क्रान्तिकारी नेता मानिन्छन्। सामाजिक न्याय, वर्गीय समानता र दलित–शोषित समुदायको अधिकारका लागि उनले योगदान दिएका थिए। उहाँकै स्मृतिमा हरेक वर्ष यस क्षेत्रमा वृक्षारोपण, रक्तदान र सामाजिक अभियान सञ्चालन गरिँदै आएको छ।

YCL नेपालले यसअघि पनि विभिन्न वातावरणीय र सामाजिक अभियान सञ्चालन गरेको छ। मधेशका विभिन्न जिल्लामा “हरित गाउँ–हरित शहर” अभियानअन्तर्गत सयौँ बिरुवा रोपिएको छ। साथै, वातावरण संरक्षणसँगै स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र युवा क्षमता विकासका तालिमसमेत सञ्चालन गर्दै आएको छ।कार्यक्रममा सहभागी युवाहरुले आगामी वर्षसम्म महोत्तरी जिल्लाभर १० हजार बिरुवा रोप्ने संकल्प गरेका छन्। YCL महोत्तरीका जिल्ला अध्यक्ष राजीव साहका अनुसार, “रुख रोप्ने मात्र होइन, तिनको संरक्षण र हुर्काउने जिम्मेवारी पनि हाम्रो हुनेछ।

वृक्षारोपण कार्यक्रममा YCL नेपालका युवा कार्यकर्तासहित माओवादी पार्टीका केन्द्रीय र प्रदेशस्तरीय नेता, स्थानीय समाजसेवी, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति उल्लेख्य थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले