महोत्तरीमा YCL नेपालद्वारा १५०० बिरुवा रोपण

1 वर्ष पहिले प्रकाशित

(2082-05-02 B.S.)

1092 पटक देखिएको

Niranjan Kumar Sah

निरञ्जन कुमार साह
गौशाला, भदौ २ गते ।
महोत्तरीको रामगोपालपुरमा सोमबार युवा कम्युनिष्ट लिग (YCL) नेपालले १५०० बिरुवा रोप्दै हरियाली अभियान सञ्चालन गरेको छ। महान् शहीद रामवृक्ष यादवको ३१औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा “संसारका क्रान्तिकारी युवा एक हौँ”, “मार्क्सवाद–लेनिनवाद–माओवादी जिन्दावाद” नारासहित वृक्षारोपण गरिएको हो। माओवादी पार्टीका केन्द्रीय नेता सूर्यनारायण साहले वातावरण संरक्षणलाई YCL नेपालले प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “आजको अभियानले रामगोपालपुर मात्र होइन, सम्पूर्ण महोत्तरीलाई हरियाली र सुरक्षित वातावरणतर्फ अघि बढाउनेछ।”

माओवादी पार्टीका मधेश प्रदेश इन्चार्ज मातृका यादवले जलवायु परिवर्तन विश्वकै ठूलो चुनौती बनेको भन्दै वृक्षारोपण नै यसको प्रमुख समाधान भएको बताए। उनले भने, “एक जना युवाले एक रुख रोप्ने हो भने भविष्य सुरक्षित हुन्छ, यही बाटोमै हाम्रो आगामी पुस्ता बच्नेछ।” मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले समाजमा एक रुख काटेपछि दुई रुख रोप्नु सबैको कर्तव्य रहेको उल्लेख गर्दै नागरिक स्तरमै वातावरण संरक्षणको चेतना फैलाउनुपर्ने बताए।

प्रमुख अतिथि तथा माओवादी पार्टीकी उपाध्यक्ष एवं पूर्व मन्त्री पम्फा भुसालले युवालाई रोजगारी, शिक्षा र स्वास्थ्य सुनिश्चित गरे मात्र देश विकास हुने भन्दै माओवादी पार्टीमार्फत मात्र यो सम्भव रहेको दाबी गरिन्। उनले भनिन्, “आज हामीले रोपेको यो रुख जस्तै पार्टीमा जनता रोप्नुपर्छ। देशको समृद्धिको आधार नै युवा, शिक्षा र रोजगारी हो।” ३१ वर्षअघि शहीद भएका रामवृक्ष यादव मधेशका अग्रणी क्रान्तिकारी नेता मानिन्छन्। सामाजिक न्याय, वर्गीय समानता र दलित–शोषित समुदायको अधिकारका लागि उनले योगदान दिएका थिए। उहाँकै स्मृतिमा हरेक वर्ष यस क्षेत्रमा वृक्षारोपण, रक्तदान र सामाजिक अभियान सञ्चालन गरिँदै आएको छ।

YCL नेपालले यसअघि पनि विभिन्न वातावरणीय र सामाजिक अभियान सञ्चालन गरेको छ। मधेशका विभिन्न जिल्लामा “हरित गाउँ–हरित शहर” अभियानअन्तर्गत सयौँ बिरुवा रोपिएको छ। साथै, वातावरण संरक्षणसँगै स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र युवा क्षमता विकासका तालिमसमेत सञ्चालन गर्दै आएको छ।कार्यक्रममा सहभागी युवाहरुले आगामी वर्षसम्म महोत्तरी जिल्लाभर १० हजार बिरुवा रोप्ने संकल्प गरेका छन्। YCL महोत्तरीका जिल्ला अध्यक्ष राजीव साहका अनुसार, “रुख रोप्ने मात्र होइन, तिनको संरक्षण र हुर्काउने जिम्मेवारी पनि हाम्रो हुनेछ।

वृक्षारोपण कार्यक्रममा YCL नेपालका युवा कार्यकर्तासहित माओवादी पार्टीका केन्द्रीय र प्रदेशस्तरीय नेता, स्थानीय समाजसेवी, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति उल्लेख्य थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..