एमाले मधेस प्रदेशको विधान संशोधन सुझाव संकलन बैठक सम्पन्न

4 महीना पहिले प्रकाशित

(2082-05-05 B.S.)

286 पटक देखिएको

महोत्तरी । नेकपा एमाले मधेस प्रदेश कमिटीले विधान संशोधन सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। भदौ ५ गते महोत्तरीको बर्दिवासस्थित दिपक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष कमरेड चन्देश्वर मन्डलको अध्यक्षता तथा पार्टीका महासचिव क. शंकर पोखरेल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा पार्टी संगठनलाई अझ सबल, सुदृढ र युगीन आवश्यकताअनुकूल ढाल्ने उद्देश्यले विधान संशोधनबारे विस्तृत छलफल गरिएको थियो। विभिन्न जिल्ला, पालिका र तल्लो तहका प्रतिनिधिहरूले आफ्नो विचार प्रस्तुत गर्दै स्थानीय स्तरमा देखिएका समस्या र सुधारका सम्भावित उपायबारे सुझाव दिएका थिए।

महासचिव शंकर पोखरेलले एमालेलाई मधेसमा अझ व्यापक बनाउने मार्ग यही विधान संशोधन र जनस्तरसम्मको संगठन विस्तारमा निर्भर हुने बताए। उनले मधेस प्रदेशमा एमालेको भूमिका केन्द्रीकृत नभई जनतासँग प्रत्यक्ष जोडिने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए। “एमालेको सशक्त उपस्थितिले मात्र देशको राष्ट्रिय एकता, संविधान र विकासलाई सुनिश्चित गर्न सक्छ,” पोखरेलले भने।

प्रदेश अध्यक्ष चन्देश्वर मन्डलले विधानलाई समयसापेक्ष बनाउन सुझाव संकलन अनिवार्य भएको भन्दै सहभागी सबैलाई आभार व्यक्त गरे। उनले संगठनात्मक स्पष्टता, आन्तरिक लोकतन्त्र, युवा तथा महिला सहभागिता, नीति–कार्यक्रमको प्रभावकारी कार्यान्वयनलगायत विषयमा प्राप्त सुझावलाई केन्द्रमा पु¥याइने जानकारी दिए।

कार्यक्रममा एमालेका प्रदेश नेताहरु, जिल्ला इन्चार्ज, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले कार्यक्रमलाई एमाले मधेस प्रदेशलाई एकजुट बनाएर आगामी निर्वाचन र जनआन्दोलनमा सशक्त भूमिका खेल्ने आधारको रुपमा लिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले