सोनमा गाउँपालिकामा १२५ वर्षका ज्येष्ठ नागरिक सेवा राय यादवलाई सम्मान

4 महीना पहिले प्रकाशित

(2082-05-07 B.S.)

345 पटक देखिएको

Radio Juntara

रोहित यादव 

महोत्तरी, भदौं ७ गते ।
महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगरका बासिन्दा सेवा राय यादवले जीवनको १२५ वर्ष पूरा गरेका छन्। शनिबार आयोजित एक विशेष समारोहमा उनीप्रति समाजले कृतज्ञता प्रकट गर्दै सम्मान गरिएको हो।

कार्यक्रममा वडाका पूर्व वडा अध्यक्ष राजदेव प्रसाद यादवले यादवलाई खादा र चादर ओढाइ सम्मान गरे। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

१२५ वर्ष उमेर पुगे पनि सेवा राय यादव आजसम्म कुनै पनि गम्भीर रोग–व्याधिबाट ग्रसित भएका छैनन्। उनी अहिले पनि सजिलै हिँडडुल गर्न सक्छन्। आफ्नो दैनिकीका सामान्य काममा उनलाई कसैको सहाराको आवश्यकता पर्दैन। "म अझै आफैंले हिँड्छु, आफैं काम गर्छु," उनि भन्छन ।

यादवको जीवनयात्रा निकै रोचक छ। उनका तीन जना छोरा–छोरी छन् भने ११ जना परपोता र १६ जना परपोतीहरू उनीमाथि आशीर्वाद लिएर हुर्किरहेका छन्। यसरी चौथो पुस्तासम्मको वंशज देख्न पाउनु उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि रहेको स्थानीयहरूले बताए।

सम्मान कार्यक्रममा पूर्व वडा अध्यक्ष राजदेव प्रसाद यादव, जीवछ राय यादव, भिखु मण्डल, राजेन्द्र साह, रामसरण यादव, गङ्गाराम यादवलगायतका व्यक्तिहरू उपस्थित थिए। सहभागीहरूले सेवा राय यादवलाई गाउँको गौरवको रूपमा प्रस्तुत गर्दै उहाँको दीर्घायु र स्वास्थ्यप्रति शुभकामना व्यक्त गरे।

समाजका अन्य सदस्यहरूले सेवा राय यादवलाई केवल उमेरकै कारण होइन, उनको आत्मनिर्भर जीवनशैली, संयमित बानी र स्वस्थ रहन सक्ने क्षमताका कारण प्रेरणादायी व्यक्तित्वका रूपमा लिएका छन्। "१२५ वर्षको उमेरमा पनि यसरी सबल जीवनयापन गर्नु हाम्रो पुस्ताका लागि उदाहरण हो," सहभागीहरूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले