नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह भदौ ३१ गते काठमाडौंमा
4 महीना पहिले प्रकाशित
(2082-05-11 B.S.)
524 पटक देखिएको
काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (SNS) ले भव्य सम्मान समारोह आयोजना गर्ने भएको छ। हालै २०८२ साउन १९ गते (August 4, 2025) प्रकाशित राष्ट्रिय परीक्षा बोर्ड (NEB) कक्षा १२ अर्थात् १०+२ को नतिजामा उत्तीर्ण भएका नाई–ठाकुर समुदायका विद्यार्थीलाई यस विशेष कार्यक्रममा सम्मान गरिनेछ।
संघका संस्थापक तथा संरक्षक दिपक जंग ठाकुरले नाई–ठाकुर समुदायका युवा विद्यार्थीहरूलाई प्रेरित गर्न, उनीहरूको आत्मबल बढाउन र समाजमा शैक्षिक प्रगति देखाउन यस्तो कार्यक्रमको आवश्यकता रहेको बताए। उनले भने, “शिक्षा नै समाज रूपान्तरणको आधार हो, यसलाई प्रोत्साहन गर्न हामी निरन्तर अभियानमै छौं।”
संघका केन्द्रीय अध्यक्ष गंगा ठाकुरका अनुसार कार्यक्रमलाई अझ व्यवस्थित र भव्य बनाउन तयारी तीव्र गतिमा भइरहेको छ। उनले समुदायभित्रका प्रत्येक योग्य विद्यार्थीलाई सम्मान गर्दै भविष्यमा अझ उत्कृष्ट योगदान गर्न हौसला दिने योजना रहेको जानकारी दिए।
यस्तै, केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार ठाकुरले समाजका नयाँ पुस्ताले शिक्षा हासिल गरेर अघि बढ्नु समुदायकै गर्व हुने उल्लेख गर्दै यस सम्मान समारोहमार्फत उनीहरूलाई अझ ठूलो उद्देश्यप्रति समर्पित गराउने विश्वास व्यक्त गरे।
केन्द्रीय महासचिव महादेव ठाकुरले भने, “यो केवल सम्मान मात्र होइन, हाम्रो समाजका विद्यार्थीहरूको लगनशीलता र संघर्षप्रतिको सम्मान हो। हामी उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै, यस कार्यक्रमलाई उदाहरणीय बनाउन चाहन्छौं।”
फाराम बुझाउने अन्तिम मिति नि:शुल्क
कार्यक्रममा सहभागी विद्यार्थीहरूले फाराम भर्नुपर्नेछ। फाराम बुझाउने अन्तिम मिति २०८२ भदौ २० गते (५ सेप्टेम्बर २०२५) तोकिएको छ। सहभागीता पूर्णतः नि:शुल्क रहनेछ।
कार्यक्रमको मिति र स्थान
उक्त सम्मान समारोह २०८२ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२५), मङ्गलबारका दिन काठमाडौंको सिनामंगलमा आयोजना हुनेछ।
सम्पर्क र विवरण
फाराम भर्नका लागि आयोजकले अनलाइन लिंक उपलब्ध गराएको छ। (https://forms.gle/wNUdNobGajkLYXyi7)।
सम्पर्कका लागि +९७७ ९८०–३४३६६११, +९७७ ९८०८८४८९८५, +९७७ ९८०८४८८७१० नम्बरमा सम्पर्क गर्न सकिने र ईमेल मार्फत (swatantranaisangh@gmail.com) पनि जानकारी लिन सकिनेछ।
समुदायका विद्यार्थीलाई उच्च मनोबल र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना गरिने यस भव्य कार्यक्रममा व्यापक सहभागिता रहने आयोजकहरूले विश्वास लिएका छन्।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
16 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments