नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह भदौ ३१ गते काठमाडौंमा

1 वर्ष पहिले प्रकाशित

(2082-05-11 B.S.)

851 पटक देखिएको

काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (SNS) ले भव्य सम्मान समारोह आयोजना गर्ने भएको छ। हालै २०८२ साउन १९ गते (August 4, 2025) प्रकाशित राष्ट्रिय परीक्षा बोर्ड (NEB) कक्षा १२ अर्थात् १०+२ को नतिजामा उत्तीर्ण भएका नाई–ठाकुर समुदायका विद्यार्थीलाई यस विशेष कार्यक्रममा सम्मान गरिनेछ।

संघका संस्थापक तथा संरक्षक दिपक जंग ठाकुरले नाई–ठाकुर समुदायका युवा विद्यार्थीहरूलाई प्रेरित गर्न, उनीहरूको आत्मबल बढाउन र समाजमा शैक्षिक प्रगति देखाउन यस्तो कार्यक्रमको आवश्यकता रहेको बताए। उनले भने, “शिक्षा नै समाज रूपान्तरणको आधार हो, यसलाई प्रोत्साहन गर्न हामी निरन्तर अभियानमै छौं।”

संघका केन्द्रीय अध्यक्ष गंगा ठाकुरका अनुसार कार्यक्रमलाई अझ व्यवस्थित र भव्य बनाउन तयारी तीव्र गतिमा भइरहेको छ। उनले समुदायभित्रका प्रत्येक योग्य विद्यार्थीलाई सम्मान गर्दै भविष्यमा अझ उत्कृष्ट योगदान गर्न हौसला दिने योजना रहेको जानकारी दिए।

यस्तै, केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार ठाकुरले समाजका नयाँ पुस्ताले शिक्षा हासिल गरेर अघि बढ्नु समुदायकै गर्व हुने उल्लेख गर्दै यस सम्मान समारोहमार्फत उनीहरूलाई अझ ठूलो उद्देश्यप्रति समर्पित गराउने विश्वास व्यक्त गरे।

केन्द्रीय महासचिव महादेव ठाकुरले भने, “यो केवल सम्मान मात्र होइन, हाम्रो समाजका विद्यार्थीहरूको लगनशीलता र संघर्षप्रतिको सम्मान हो। हामी उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै, यस कार्यक्रमलाई उदाहरणीय बनाउन चाहन्छौं।”

फाराम बुझाउने अन्तिम मिति नि:शुल्क

कार्यक्रममा सहभागी विद्यार्थीहरूले फाराम भर्नुपर्नेछ। फाराम बुझाउने अन्तिम मिति २०८२ भदौ २० गते (५ सेप्टेम्बर २०२५) तोकिएको छ। सहभागीता पूर्णतः नि:शुल्क रहनेछ।

कार्यक्रमको मिति र स्थान

उक्त सम्मान समारोह २०८२ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२५), मङ्गलबारका दिन काठमाडौंको सिनामंगलमा आयोजना हुनेछ।

सम्पर्क र विवरण

फाराम भर्नका लागि आयोजकले अनलाइन लिंक उपलब्ध गराएको छ। (https://forms.gle/wNUdNobGajkLYXyi7)।

सम्पर्कका लागि +९७७ ९८०–३४३६६११, +९७७ ९८०८८४८९८५, +९७७ ९८०८४८८७१० नम्बरमा सम्पर्क गर्न सकिने र ईमेल मार्फत (swatantranaisangh@gmail.com) पनि जानकारी लिन सकिनेछ।

समुदायका विद्यार्थीलाई उच्च मनोबल र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना गरिने यस भव्य कार्यक्रममा व्यापक सहभागिता रहने आयोजकहरूले विश्वास लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले