अविरल वर्षाका कारण देशभर ४६ जनाको मृत्यु, ६ जना बेपत्ता

11 महीना पहिले प्रकाशित

(2082-06-20 B.S.)

474 पटक देखिएको

Radio Juntara

महोत्तरी, असोज २० गते ।

असोज १७ गतेदेखि असोज १९ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा ४६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार इलाम, रौतहट, उदयपुर, प्यूठान, खोटाङ, कञ्चनपुर र मोरङ लगायतका जिल्लामा पहिरो, चट्याङ र बाढीका घटनाले जनधनको ठूलो क्षति पुर्‍याएको हो।

प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार, मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इलाममा ३१ जना रहेका छन्। रौतहटमा ३ जना, उदयपुरमा २ जना, प्यूठानमा ७ जना, खोटाङमा १ जना, कञ्चनपुरमा १ जना र मोरङमा १ जनाको मृत्यु भएको उल्लेख छ।

त्यस्तै, ६ जना बेपत्ता भएका छन्, जसमा रुख्सुवा र इलामका नागरिक पनि परेका छन्। पहिरो र खोलाले बगाउँदा उनीहरू हराएको प्राधिकरणले जनाएको छ।

विपद्मा २४ जना घाइते भएका छन्। इलाममा १० जना, भोजपुरमा ३ जना, खोटाङमा ३ जना, ललितपुरमा १ जना, मकवानपुरमा ३ जना, प्यूठानमा ४ जना, उदयपुरमा २ जना, ताप्लेजुङमा १ जना र धनकुटामा ३ जना घाइते भएका हुन्।

यस्तै, १८ जनाको हेली उद्धार गरिएको छ, जसमा इलामको माङ्सेबुङ गाउँपालिकाबाट पहिरोमा फसेका गर्भवती महिलासहितका नागरिकलाई समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अविरल वर्षा अझै केही स्थानमा जारी रहेको भन्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले