मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जामुनको आग्रह
ममता शर्मा
महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्दी, ज्वरो र अन्य संक्रमणजन्य रोगका बिरामीको संख्या तीव्र गतिमा बढिरहेको छ। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुन प्रसाद सिंहका अनुसार अहिले अस्पतालमा दैनिक करिब दुई हजार बिरामी यस्ता समस्याका कारण उपचारका लागि आइपुगिरहेका छन्। उहाँका अनुसार चिसो सुरु भएपछि शरीरको तापक्रम घट्ने र प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले सानो संक्रमण पनि छिट्टै फैलिन सक्छ। विशेष गरी बालबालिका, बृद्धबृद्धा र दीर्घ रोगका बिरामीहरू बढी प्रभावित भएको पाइएको छ।
डा. सिंहले मौसम परिवर्तनका बेला स्वास्थ्यमा पर्ने असरबाट जोगिनका लागि सचेत रहन सबैमा आग्रह गर्नुभएको छ। उहाँका अनुसार तापक्रममा हुने अचानक परिवर्तन, धुलो धुँवा र प्रदूषण, पर्याप्त तातो कपडा नलगाउने, पौष्टिक आहार नखाने र पानी कम पिउने जस्ता कारणले रोगको संक्रमण बढ्ने गर्छ। चिसो मौसममा रुघाखोकी, ज्वरो, दम, एलर्जी, छालासम्बन्धी समस्या, जोर्नी दुखाइ र भाइरल संक्रमणजस्ता समस्या बढ्ने भएकाले स्वास्थ्य सावधानी अनिवार्य भएको उहाँले बताउनुभयो।
डा. सिंहले जनतालाई तातो कपडा लगाउने, तातो पानी पिउने, पौष्टिक खाना खाने, भीडभाडमा मास्कको प्रयोग गर्ने, हात मिची–मिची धुने र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। साथै बिहानको घाममा बस्ने, हल्का व्यायाम गर्ने र शरीरलाई न्यानो राख्ने बानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने पनि उहाँको भनाइ छ। कुनै लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनु र औषधि स्वप्रयोग नगर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ।
डा. सिंहका अनुसार मौसम परिवर्तन स्वाभाविक प्रक्रिया भए पनि त्यसका असरबाट बच्न सचेतता र सावधानी अत्यन्त जरुरी छ। समयमै स्वास्थ्यप्रति ध्यान दिएर सानो सावधानी अपनाउँदा धेरैजसो संक्रमणजन्य रोगहरूबाट सजिलै जोगिन सकिने उहाँले बताउनुभयो। उहाँले विशेष गरी बालबालिका र वृद्धहरूको हेरचाहमा लापरबाही नगर्न अभिभावकहरूलाई अनुरोध गर्दै सबैलाई स्वस्थ रहन र हरेक परिवर्तनमा सतर्क रहन आग्रह गर्नुभएको छ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
28 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
28 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..

कमेन्ट गर्नुहोस्
view comments