मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जामुनको आग्रह
ममता शर्मा
महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्दी, ज्वरो र अन्य संक्रमणजन्य रोगका बिरामीको संख्या तीव्र गतिमा बढिरहेको छ। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुन प्रसाद सिंहका अनुसार अहिले अस्पतालमा दैनिक करिब दुई हजार बिरामी यस्ता समस्याका कारण उपचारका लागि आइपुगिरहेका छन्। उहाँका अनुसार चिसो सुरु भएपछि शरीरको तापक्रम घट्ने र प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले सानो संक्रमण पनि छिट्टै फैलिन सक्छ। विशेष गरी बालबालिका, बृद्धबृद्धा र दीर्घ रोगका बिरामीहरू बढी प्रभावित भएको पाइएको छ।
डा. सिंहले मौसम परिवर्तनका बेला स्वास्थ्यमा पर्ने असरबाट जोगिनका लागि सचेत रहन सबैमा आग्रह गर्नुभएको छ। उहाँका अनुसार तापक्रममा हुने अचानक परिवर्तन, धुलो धुँवा र प्रदूषण, पर्याप्त तातो कपडा नलगाउने, पौष्टिक आहार नखाने र पानी कम पिउने जस्ता कारणले रोगको संक्रमण बढ्ने गर्छ। चिसो मौसममा रुघाखोकी, ज्वरो, दम, एलर्जी, छालासम्बन्धी समस्या, जोर्नी दुखाइ र भाइरल संक्रमणजस्ता समस्या बढ्ने भएकाले स्वास्थ्य सावधानी अनिवार्य भएको उहाँले बताउनुभयो।
डा. सिंहले जनतालाई तातो कपडा लगाउने, तातो पानी पिउने, पौष्टिक खाना खाने, भीडभाडमा मास्कको प्रयोग गर्ने, हात मिची–मिची धुने र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। साथै बिहानको घाममा बस्ने, हल्का व्यायाम गर्ने र शरीरलाई न्यानो राख्ने बानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने पनि उहाँको भनाइ छ। कुनै लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनु र औषधि स्वप्रयोग नगर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ।
डा. सिंहका अनुसार मौसम परिवर्तन स्वाभाविक प्रक्रिया भए पनि त्यसका असरबाट बच्न सचेतता र सावधानी अत्यन्त जरुरी छ। समयमै स्वास्थ्यप्रति ध्यान दिएर सानो सावधानी अपनाउँदा धेरैजसो संक्रमणजन्य रोगहरूबाट सजिलै जोगिन सकिने उहाँले बताउनुभयो। उहाँले विशेष गरी बालबालिका र वृद्धहरूको हेरचाहमा लापरबाही नगर्न अभिभावकहरूलाई अनुरोध गर्दै सबैलाई स्वस्थ रहन र हरेक परिवर्तनमा सतर्क रहन आग्रह गर्नुभएको छ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
16 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..

कमेन्ट गर्नुहोस्
view comments