साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्षिक साधारणसभा सम्पन्न

9 महीना पहिले प्रकाशित

(2082-08-26 B.S.)

465 पटक देखिएको

जितेन्द्र कुसवाहा

गाैशाला, मंसिर २६ गते ।

महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे ११ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम गरि गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक सधारणसभा सम्पन्न भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोले नगरभित्र रहेका सहकारीहरू अझ उत्पादनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँका अनुसार साना किसान कृषि सहकारी संस्था लिमिटेडले समुदायमा देखाएको सक्रियता, अनुशासन र पारदर्शिताले उदाहरणीय भूमिका निभाइरहेको छ, जसले अन्य सहकारीलाई पनि सिक्ने अवसर प्रदान गर्छ ।
डा. महतोले सहकारीले सञ्चालन गरेका कार्यक्रम, सदस्यहरूसँगको समन्वय र कृषिमुखी पहलप्रति प्रशंसा व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत दिनुभयो । उहाँले साना किसान सहकारीले कृषिको स्तरोन्नति र सदस्यको आयवृद्धिमा देखाएको योगदान प्रशंसनीय रहेको बताउनु भयो ।

मिति २०७८ असाेज २१ गतेदेखि यस सहकारी संस्था लिमिटेडद्वारा गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गाैशाला बजारमा सेवा केन्द्र समेत संचालनमा ल्याए सकेको सहकारीका अध्यक्ष: हरिहर सिंहले बताए । शेयरधनीहरुकाे माग अनुसार नै गाैशाला बजारमा सेवा केन्द्र सुचारु गरेको अध्यक्ष: सिंहले जनाउनुभयाे ।

सहकारी २०७३ बैशाख ३ गतेदेखि कान्तिबजारमा ३१ जना सदस्य गठन गरि ७ लाख ७५ हजार शेयर पुजीबाट सुचारु भएका संस्थामा अहिले १ हजार ५ सय ७७ जना शेयर सदस्य भए, जम्मा शेयर पुजी १ करोड ८० लाख ९९ हजार ६ सय, बचत ५ करोड ९४ लाख ६६ हजार २ सय १९ रुपैया ७४ पैसा र ऋण लगानी ८ करोड ७४ लाख २३ हजार ९ सय २९ रुपैयाँ २४ गरि, यस आ.व.२०८१ असार मसान्तसम्म ९ लाख ५५ हजार ८ सय ७ रुपैयाँ नाफा भएको र संस्थामा १३ करोड ८० लाख ७ हजार ६ सय ७७ रुपैयाँ बराबरको काराेबार भएको संस्थाका प्रबन्धक राम दयाल महताेले जनाए । शेयर सदस्यहरुकाे विशेष लगानीमा सहकारी मार्फत संचालनमा रहेको डेरी उधाेगलाई थप व्यवस्थित गर्ने योजना रहेको प्रबन्धक महताेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले