'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने

9 महीना पहिले प्रकाशित

(2082-08-28 B.S.)

1144 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरी, मंसिर २८ गते ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पुष २ गते महोत्तरीको गौशाला आउने हुनुभएको छ । उहाँ स्वर्गीय काशी महतो (करण) को श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन गौशाला आउन लाग्नुभएको हो।

स्वर्गीय काशी महतोको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जानकारी नेपाली कम्युनिष्ट पार्टीका नेता सूर्यनारायण साहले दिनु भयो। उहाँको अनुसार जनयुद्धको १० वर्षे अवधिमा काशी महतोले योद्धाको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आफ्नो जीवन पार्टी र आन्दोलनका लागि समर्पण गर्नु भएको थियो।

माओवादी केन्द्रका जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिष्ट पार्टीका नेता काशी महतो (करण) को निधन पार्टीका लागि ठूलो क्षति भएको केन्द्रीय नेता साहको भनाइ छ। उहाँले महतोको निधनले पार्टी मात्र नभई समग्र समाजलाई नै गहिरो क्षति पुगेको उल्लेख गर्दै दुःख व्यक्त गर्नुभयो ।

पार्टीले दिवङ्गत महतोप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। स्वर्गीय काशी महतोको मंसिर २३ गते आकस्मिक निधन भएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालको उपस्थितिले दिवङ्गत नेताप्रति सम्मान प्रकट हुनुका साथै पार्टी एकता र आन्दोलनप्रतिको प्रतिबद्धता पुनः व्यक्त हुने पार्टी नेताहरूको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले