गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
6 दिन पहिले प्रकाशित
(2082-09-07 B.S.)
59 पटक देखिएको
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध (एम्पुल) र दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीका अनुसार मिति २०८२/०९/०६ गते साँझ ५:३० बजे विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा इलाका प्रहरी कार्यालय रामगोपालपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले औरही नगरपालिका–१ स्थित बर्दिवास–जलेश्वर सडक खण्डमा शंकास्पद रूपमा आवतजावत गरिरहेका दुई वटा मोटरसाइकललाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा महोत्तरी सम्सी गाउँपालिका–६ निवासी २१ वर्षीय शेष तनबिरले चलाएको BR30AQ2285 नम्बरको भारतीय मोटरसाइकल र सोही मोटरसाइकलमा पछाडि सवार भारत बिहार राज्य, सितामढी जिल्ला निवासी २२ वर्षीय राजु कुमार तथा अर्को BR30W0324 नम्बरको यामाहा कम्पनीको भारतीय मोटरसाइकल सम्सी–६ निवासी २१ वर्षीय मुसाहिददुल इस्लामले चलाएको र पछाडि सवार भारत बिहार, सितामढी जिल्ला निवासी २१ वर्षीय अरबिन्द कुमार मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोटरसाइकल तथा व्यक्तिहरूको खानतलासी गर्दा राजु कुमार र अरबिन्द कुमार मण्डलले बोकेको कालो प्लास्टिकको झोलाभित्रबाट प्रतिबन्धित लागूऔषध गरी जम्मा १,४३६ थान एम्पुल, साथै नगद रु. १४,९०० र ४ थान मोबाइल फोन बरामद गरिएको छ।
बरामद लागूऔषध, नगद तथा सवारी साधन कानून बमोजिम जफत गरी पक्राउ परेका शेष तनबिर, राजु कुमार, मुसाहिददुल इस्लाम र अरबिन्द कुमार मण्डललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा राखिएको प्रहरीले जानकारी दिएको छ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
16 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 महीना पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments