गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

9 महीना पहिले प्रकाशित

(2082-09-07 B.S.)

365 पटक देखिएको

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध (एम्पुल) र दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीका अनुसार मिति २०८२/०९/०६ गते साँझ ५:३० बजे विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा इलाका प्रहरी कार्यालय रामगोपालपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले औरही नगरपालिका–१ स्थित बर्दिवास–जलेश्वर सडक खण्डमा शंकास्पद रूपमा आवतजावत गरिरहेका दुई वटा मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा महोत्तरी सम्सी गाउँपालिका–६ निवासी २१ वर्षीय शेष तनबिरले चलाएको BR30AQ2285 नम्बरको भारतीय मोटरसाइकल र सोही मोटरसाइकलमा पछाडि सवार भारत बिहार राज्य, सितामढी जिल्ला निवासी २२ वर्षीय राजु कुमार तथा अर्को BR30W0324 नम्बरको यामाहा कम्पनीको भारतीय मोटरसाइकल सम्सी–६ निवासी २१ वर्षीय मुसाहिददुल इस्लामले चलाएको र पछाडि सवार भारत बिहार, सितामढी जिल्ला निवासी २१ वर्षीय अरबिन्द कुमार मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मोटरसाइकल तथा व्यक्तिहरूको खानतलासी गर्दा राजु कुमार र अरबिन्द कुमार मण्डलले बोकेको कालो प्लास्टिकको झोलाभित्रबाट प्रतिबन्धित लागूऔषध गरी जम्मा १,४३६ थान एम्पुल, साथै नगद रु. १४,९०० र ४ थान मोबाइल फोन बरामद गरिएको छ।
बरामद लागूऔषध, नगद तथा सवारी साधन कानून बमोजिम जफत गरी पक्राउ परेका शेष तनबिर, राजु कुमार, मुसाहिददुल इस्लाम र अरबिन्द कुमार मण्डललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा राखिएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले