मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के अन्तर्राष्ट्रिय प्रेरणादायी पुरस्कार–२०२६’

6 दिन पहिले प्रकाशित

(2082-09-07 B.S.)

273 पटक देखिएको

Niranjan Kumar Sah

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठालाई एबीएम मिडियाले ‘तेस्रो दादासाहेब फाल्के अन्तर्राष्ट्रिय प्रेरणादायी पुरस्कार–२०२६’ प्रदान गर्ने घोषणा गरेको छ।

एबीएम मिडियाका अनुसार उक्त पुरस्कार वितरण समारोह २५ जनवरी २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने छ। मधेसका सीमान्तकृत समुदायको शिक्षा, समानता तथा नेतृत्व विकासका पक्षमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. बैठाले यस सम्मानप्रति आभार व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने प्रयास गर्ने बताएका छन्।

डा. बैठाले मधेसलाई राष्ट्रिय मूलधारमा ल्याउन आवश्यक संरचनात्मक सुधार, समावेशी नीति र जिम्मेवार नेतृत्वको आवश्यकता निरन्तर औंल्याउँदै आएका छन्। साथै, उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत मधेसका मुद्दा उठाउँदै आएका छन्। उनलाई प्रदान गरिएको यो सम्मानलाई मधेसका लागि गौरवको विषयका रूपमा हेरिएको छ।

स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले यो सम्मानले मधेसका युवामा सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। सामाजिक रूपान्तरण र प्रेरणादायी नेतृत्वका लागि प्रदान गरिँदै आएको उक्त पुरस्कारले डा. बीर वंश बैठाको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको एबीएम मिडियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 महीना पहिले