सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको २२औँ वार्षिक साधारण सभा सम्पन्न

8 महीना पहिले प्रकाशित

(2082-09-17 B.S.)

464 पटक देखिएको

रोहित यादव

पुस १७  गते, महोत्तरी

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेडको २२औँ वार्षिक साधारण सभा बुधबार भव्य रूपमा सम्पन्न भएको छ। गौशालास्थित सभागृहमा आयोजित उक्त कार्यक्रममा संस्थाका शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभाको अध्यक्षता संस्थाका सदस्य अब्दुल हसन नुरीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै  नुरीले सहकारी संस्थाहरू केवल बचत तथा ऋणमै सीमित नरही उत्पादनमुखी, व्यवसायमुखी र परिणाममुखी ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेडले स्थापनाकालदेखि नै अनुशासन, पारदर्शिता र सदस्यप्रति उत्तरदायी व्यवहारलाई प्राथमिकता दिँदै आएको बताउनुभयो।

सदस्य  नुरीका अनुसार संस्थाले कृषिमुखी कर्जा प्रवाह, साना व्यवसाय प्रवर्द्धन, बचत संकलन तथा सदस्य सशक्तीकरणका कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव पारेको छ। सहकारीले अपनाएको सुशासन र पारदर्शी कार्यशैलीले यस क्षेत्रका अन्य सहकारी संस्थालाई समेत उदाहरण प्रस्तुत गरिरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्यसमेत रहनुभएका हसन नुरीले सहकारीले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरू सदस्यहरूसँगको समन्वयमा प्रभावकारी रूपमा अघि बढाइएको बताउनुभयो। उहाँले विशेषगरी कृषिमा आधारित कर्जा, आत्मनिर्भरता अभिवृद्धि गर्ने योजनाहरू र सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न गरिएको पहलको प्रशंसा गर्नुभयो। साथै, संस्थाको निरन्तर प्रगति र विश्वासयोग्य सेवाका लागि सम्पूर्ण सदस्य तथा कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो।

साधारण सभामा शाखा प्रबन्धक राधेश्याम रायले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीसँग गरिब, विपन्न तथा साना व्यापारीहरूको ठूलो संलग्नता रहेको जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता वर्गलाई लक्षित गरी गरिएको बचत संकलन र कर्जा लगानीका कारण संस्था आर्थिक रूपमा सबल बन्दै गएको छ। सहकारीले सदस्यहरूको जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याएको उहाँले बताउनुभयो।

साधारण सभामा आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा नीतिगत विषयहरूमा समेत छलफल गरिएको थियो। सहभागी सदस्यहरूले संस्थाको गतिविधिप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तारको अपेक्षा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले