चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल कृषि अनुसन्धान परिषदको आग्रह

8 महीना पहिले प्रकाशित

(2082-09-19 B.S.)

475 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी,पुष १९ गते  ।

मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको जोखिममा परेका छन्। विशेषगरी तराई क्षेत्रमा केही दिनयता अत्यधिक हुस्सु र चिसो बढेकाले गाई, भैँसी, बाख्रा लगायतका घरपालुवा जनावरमा रुघाखोकी, ज्वरो तथा स्वास–प्रस्वाससम्बन्धी समस्या देखिन थालेको छ।

सोनमा गाउँपालिकाका किसान अनिल यादवका अनुसार चिसो बढेपछि पशुहरूमा स्वास्थ्य समस्या बढ्दै गएको छ। “गाई–भैँसी र बाख्रामा खोकी लाग्ने, ज्वरो आउने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ,” उनले जानकारी दिए।

यसैबीच नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले चिसो मौसममा घरपालुवा जनावरको विशेष हेरचाह गर्न किसानहरूलाई आग्रह गरेको छ। परिषदका अनुसार चिसोका कारण पशुहरू कमजोर भई विभिन्न रोग लाग्ने सम्भावना बढ्ने भएकाले गोठ–खोर न्यानो, सुख्खा र हावाबाट जोगिने गरी व्यवस्थापन गर्न आवश्यक छ।

नार्कले विशेषगरी भरखर जन्मेका बाछा–बाछी तथा पाठा–पाठीमा निमोनियाजस्ता गम्भीर समस्या देखिन सक्ने जोखिम उच्च रहेकाले थप सतर्कता अपनाउन आग्रह गरेको छ। यस्ता साना पशुहरूलाई चिसोबाट जोगाउन न्यानो कपडा, परालको उचित व्यवस्थापन र आम पशुसँगै सुरक्षित राख्न सुझाव दिइएको छ।

त्यसैगरी कुनै पनि अस्वाभाविक लक्षण देखिएमा ढिलाइ नगरी नजिकको भेटेरिनरी सेवा केन्द्रसँग सम्पर्क राख्न पनि परिषदले किसानहरूलाई अनुरोध गरेको छ। समयमै उपचार र उचित हेरचाह गरेमा पशुहरूलाई चिसो मौसमजन्य रोगबाट जोगाउन सकिने नार्कको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

18 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..