महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजीवन प्रभावित
भाग्यरेखा ठाकुर, महोत्तरी ।
महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभावित बन्दै गएको छ। हुस्सुसँगै चिसोको मात्रा पनि बढ्दै जाँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ ।
बिहानपख हुस्सुका कारण सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ। विशेष गरी ग्रामीण क्षेत्रमा यात्रा गर्ने यात्रु तथा चालकहरू बढी प्रभावित भएका छन्। विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा मजदुर वर्गलाई चिसो र हुस्सुले थप समस्या सिर्जना गरेको स्थानीयवासीहरूले बताएका छन्।
गौशाला नगरपालिका–१२ निवासी दिपेन्द्र शर्माका अनुसार बाक्लो हुस्सु र बढ्दो चिसोका कारण दैनिक कामकाज गर्न निकै कठिन भएको छ। “बिहानै हुस्सु लाग्दा घरबाहिर निस्कनै गाह्रो हुन्छ, काममा जान ढिलो हुने गरेको छ भने बालबालिकालाई विद्यालय पठाउँदा पनि चिन्ता लाग्छ,” उहाँले भन्नुभयो।
चिसो बढेसँगै किसानहरूको दैनिकीमा पनि असर परेको छ। बिहानै खेतबारीमा जान नसक्दा कृषि कार्य प्रभावित भएको छ भने तरकारी तथा गहुँजस्ता बालीमा हुस्सुको असर पर्न सक्ने चिन्ता किसानहरूमा देखिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार अत्यधिक चिसो र हुस्सुका कारण रुघाखोकी, ज्वरो, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने सम्भावना रहेको छ। विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो कपडा लगाउन, तातो खाना खान र आवश्यक सावधानी अपनाउन उहाँहरुले सुझाव दिनुभएको छ ।
स्थानीय प्रशासनले हुस्सुका कारण सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम अझै केही दिन यस्तै रहने अनुमान गरिएकाले सर्वसाधारणलाई सचेत रहन अनुरोध गरिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments