महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजीवन प्रभावित
भाग्यरेखा ठाकुर, महोत्तरी ।
महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभावित बन्दै गएको छ। हुस्सुसँगै चिसोको मात्रा पनि बढ्दै जाँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ ।
बिहानपख हुस्सुका कारण सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ। विशेष गरी ग्रामीण क्षेत्रमा यात्रा गर्ने यात्रु तथा चालकहरू बढी प्रभावित भएका छन्। विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा मजदुर वर्गलाई चिसो र हुस्सुले थप समस्या सिर्जना गरेको स्थानीयवासीहरूले बताएका छन्।
गौशाला नगरपालिका–१२ निवासी दिपेन्द्र शर्माका अनुसार बाक्लो हुस्सु र बढ्दो चिसोका कारण दैनिक कामकाज गर्न निकै कठिन भएको छ। “बिहानै हुस्सु लाग्दा घरबाहिर निस्कनै गाह्रो हुन्छ, काममा जान ढिलो हुने गरेको छ भने बालबालिकालाई विद्यालय पठाउँदा पनि चिन्ता लाग्छ,” उहाँले भन्नुभयो।
चिसो बढेसँगै किसानहरूको दैनिकीमा पनि असर परेको छ। बिहानै खेतबारीमा जान नसक्दा कृषि कार्य प्रभावित भएको छ भने तरकारी तथा गहुँजस्ता बालीमा हुस्सुको असर पर्न सक्ने चिन्ता किसानहरूमा देखिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार अत्यधिक चिसो र हुस्सुका कारण रुघाखोकी, ज्वरो, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने सम्भावना रहेको छ। विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो कपडा लगाउन, तातो खाना खान र आवश्यक सावधानी अपनाउन उहाँहरुले सुझाव दिनुभएको छ ।
स्थानीय प्रशासनले हुस्सुका कारण सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम अझै केही दिन यस्तै रहने अनुमान गरिएकाले सर्वसाधारणलाई सचेत रहन अनुरोध गरिएको छ।
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
16 घन्टा पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
16 घन्टा पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
7 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
9 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
10 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
16 घन्टा पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
9 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
19 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
19 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
20 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
29 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तन..
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कु..
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनद..

कमेन्ट गर्नुहोस्
view comments