निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन

2 दिन पहिले प्रकाशित

(2082-09-28 B.S.)

24 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो। सूचनाअनुसार महोत्तरी जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार धनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूसँग रहेका सबै किसिमका हातहतियार नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई हातहतियार सुरक्षित रूपमा फिर्ता गरिने प्रशासनले जनाएको छ। तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा वा आदेशको अवज्ञा गरेमा प्रचलित कानुन बमोजिम हातहतियार जफत गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन सबै नागरिक र सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

2 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

5 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

5 दिन पहिले

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

11 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

13 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

5 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

5 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

13 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

23 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

23 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

24 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कु..